• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित

  • वीरगंज संजाल
  • २४ असार २०८१, आईतवार ११:५९
  • ८०५

    वीरगंज । बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् । हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ५ नम्बर वडाका पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका घरबाट मानिसको उद्धार गरिएको थियो ।

    हेटौंडाको बजार क्षेत्रमा मात्रै डुबानबाट प्रभावित घरधुरी संख्या १ सय ४१ रहेको प्रहरीले जानकारी दिएको छ । हेटौंडा–५ सिंचाइकुना टोलमा २० घर, ५ नम्बर वडाकै लटिनाथ पल्टिङ क्षेत्रमा १५ घर, ५ नम्बर वडाकै लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, शान्तिनगर टोलमा १३ घर, सानोपोखरामा ३० घर, दक्षिणकाली टोलमा १५ घर, ढुंगेधारा टोलमा ३० घर र हेटौंडा–७ न्युरेनीमा १ घर गरी जम्मा १ सय ४१ घरधुरी प्रभावित भएको प्रहरीले जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित ढल निर्माण नगरेकाले ५ नम्बर वडाको पिप्ले क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ । ५ नम्बर वडाको कर्रा खोला क्षेत्रसँग जोडिएको बस्ती निरन्तर वर्षा भएपछि रातभर जाग्राम बस्ने गरेका छन् । कर्रा खोला उर्लिएर आउँदा ५ नम्बर वडाको क्याम्पाडाँडादेखि ४ नम्बर वडाको कर्रा बस्तीसम्म खतरा हुने गर्दछ ।

    हेटौंडाका कार्यवाहाक नगर प्रमुख राजेश बानियाँले डुबान क्षेत्रको निरीक्षण गर्दै नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका स्थानीयहरुलाई उद्दार गरिएको बताए । हरेक वर्ष उक्त क्षेत्र डुबानमा पर्ने भएकाले दीर्घकालीन सोचका साथ उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीबाट डीपीआर बनाएरै दीर्घकालीन समस्या समाधान गरिने बानियाँले जानकारी दिए । वर्षाका कारण मकवानपुरको कुखरेनी, कर्रा, राप्ती, मनहरी, लोथर, सामरी, भैंसे खोलामा पानीको बहाव बढेको छ । बाढीका कारण खेतीयोग्य जमिन कटानमा परेका छन् । भैंसे खोलाले विगतका वर्षमा त्रिभुवन राजपथको सडक क्षेत्र कटान गरेको थियो । सामरी, राप्ती, कर्रा, मनहरी खोलाले हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । यसैगरी मकवानपुरगढी गाउँपालिका–२ कृषिडाँडास्थित सन्तबहादुर घलानको गोठ भासिएको छ । चार वटा गाईहरु गोठभित्रै फसेकोमा प्रहरी र स्थानीयले २ वटा गाई सकुशल बाहिर निकालेका छन् । २ वटा गाई भने गोठभित्रै बिरामी अवस्थामा रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑