वीरगञ्ज । पहिलो पाइला नेपाल वीरगञ्जको दोस्रो अधिवेशन सम्पन्न भएको छ । वीरगञ्जमा शनिवार सम्पन्न अधिवेशनले पद हस्तान्तरण गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट राज साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा भक्ति अग्रवाल, सचिवमा इर्शाद अन्सारी, सहसचिवमा सत्यप्रकाश कुमार, कोषाध्यक्षमा किशन अग्रवाल, सहकोषाध्यक्षमा माधवी गुप्ता र सदस्यहरुमा मिहिर कर्ण, निक्की प्रजापति, नबिन सर्राफ र रबिन चौधरी रहेको निर्वाचन अधिकृत निश्चल प्रजापतिले जानकारी दिए ।
संस्थापक अध्यक्षसमेत रहेका उनकाअनुसार पहिलो पाइला नेपालले युवा, परिवर्तन र समाजलाई ऐक्यबद्धता गर्दै समाज रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ ।