• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कपालमा चाया किन पर्छ ?

  • वीरगंज संजाल
  • २२ असार २०८१, शुक्रबार १२:०५
  • ९६५

    कपालमा चाया किन पर्छ ? झट्ट टाढाबाट हेर्दा कपाल राम्रो छ । तर नजिकबाट हेर्दा सेताम्मै चाया देखिन्छ । चायाले टाउको पनि अत्याधिक चिलाउने समस्याले पनि सताउँछ । यिनै समस्याले गर्दा अरूको छेउमा पर्न पनि हिच्किचाहट हुनसक्छ । र, घरबाट बाहिर निस्कन संकोच लाग्छ । यसले मानसिक रूपमा लज्जाबोध त गराउँछ नै, शारीरिक रूपमा पनि असर गर्छ । तर यो समस्या हुँदैमा आत्तिनु पर्दैन । समयमा उपचार गरे यसलाई व्यवस्थापन गर्न सकिन्छ । चाया पर्ने समस्यालाई कसरी बुझ्ने ?

    यो एक किसिमको फंगल इन्फेक्सनबाट लाग्ने समस्या हो । सरल भाषामा भन्दा यो एकप्रकारको ढुसी हो, जुन म्यालसेसिया फरफर नामक जीवाणुको कारण लाग्छ । हाम्रो टाउकोमा छाला क्षति हुने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दाग र धुलो देखिन थाल्छन् । जसलाई चाया भनिन्छ । कस्तो अवस्थामा पर्छ चाया ?

    सामान्यतया चाया जुनसुकै उमेरमा देखिन सक्छ । बच्चाहरूमा आमामा हुने हर्मोनल गडबडीका कारण नौ महिनाभित्र देखा पर्छ । जुन बच्चाको टाउकोको अघिल्लो भागमा पाप्राको रूपमा रहेर बसेको हुन्छ । युवावस्थामा भने यो विभिन्न स्वास्थ्य समस्याका कारण देखा पर्न सक्छ ।

    कारण

    चाया पर्नुमा हार्मोनल परिवर्तन, सरसफाइको कमी, कपालमा बढी चिल्लोपन आउनु वा अत्याधिक सुक्खा हुनु जस्ता कारण जिम्मेवार हुन्छन् । यसैगरी टाउको अत्याधिक पसिनाले भिज्दा, नुहाउने बित्तिकै धेरै समय कपाल रुमालमा गुटमुटाएर राख्ने वा धेरै हेलमेटभित्र गुम्सिने गरेमा, बढी धुलोधुवाँमा र फोहोरमा बस्नु, पाकिन्सन्स रोग, एक्जिमा जस्ता स्वास्थ्य समस्याका कारण चाया पर्छ ।

    यो पनि पढ्नुहोस कपालका लागि कस्तो स्याम्पू राम्रो ? चायाको समस्याबाट छुट्कारा कसरी पाउने ? हाम्रो शरीर र कपालमा एउटै फङ्गसका कारण चाया पर्ने हुँदा कतिपय अवस्थामा यो अत्याधिक मात्रामा बढी भई शरीरभरि नै फैलिन सक्छ । यस्तो अवस्थामा चायाले कतिको भाग ओगटेको छ । र, यसले कतिको असर पारेको छ भन्ने कुरा ध्यानमा राखेर औषधि उपचार गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला चिल्लोपना बढी भएको ठाउँमा फस्टाउने हुँदा बढी चिल्लो आउने कपालमा तेल हाल्न कम गर्नुपर्छ । र, कपालको सरसफाइमा ध्यान दिनुपर्छ ।

    चाया प्रतिरोधात्मक शक्ति भएका किटोपनाजोल र किम्बाजोल जस्ता स्याम्पु तथा औषधिहरू पनि प्रभावकारी हुनसक्छन्, जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ । यी स्याम्पुमा जिङ्क पैरिथियोन, केटाकोनाजोल नामक फङ्गस नाशक औषधि, पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ । जुन चिकित्सकको सल्लाहमा लगाउन सकिन्छ । यी उत्पादन कति पटक प्रयोग गर्ने भन्ने कुरा चाया कति मात्रामा पर्छ भन्ने कुरामा पनि भर पर्छ । हप्तामा दुई पटक एन्टिड्यान्ड्रफ स्याम्पुको प्रयोग गर्दा पनि चाया गइरहेको छैन भने अझ सक्रिय स्याम्पुको प्रयोग गर्न चिकित्सकहरू सुझाव दिन्छन् । यी स्याम्पु प्रयोग गर्दा तालुमा लगाएर एकछिन मसाज गरेर मात्र पखाल्नुपर्छ ।

    तर यस्ता औषधिले पनि ठीक भएन, चायाले सतायो वा चायाका कारण चिलाएको ठाउँ रातो देखिन गई त्यहाँको छाला जान थालेको अवस्थामा तुरुन्त अस्पताल गई सम्बन्धित चिकित्सकसँग सम्पर्क गरी परीक्षण र थप उपचार आवश्यक हुनसक्छ । चायाबाट बच्न अत्याधिक धुलोधुवाँ भएको वातावरणबाट जोगिनुपर्छ । यदि त्यस्तो वातावरणमा हिंड्नैपर्ने भए टाउको तथा शरीर पूरा ढाकिने कपडा लगाउनुपर्छ । साथै, पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खानेकुरा खानुपर्छ ।

    यो पनि पढ्नुहोस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑