• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घाटामा रहेको अमेजनलाई बेजोसले कसरी बनाए संसारकै ठुलो इ-कमर्स कम्पनी ?

  • वीरगंज संजाल
  • २२ असार २०८१, शुक्रबार १२:०२
  • ११२५

    सन् २००० मा बीबीसी न्युजनाइटको एउटा विशेष अन्तरवार्तामा अमेजनका सहसंस्थापक तथा पूर्वसिईओ जेफ बेजोसले भनेका थिए-अमेजन कुनैबेला भारी घाटामा चलिरहेको थियो । तर, त्यसको करिब २५ वर्षपछि अमेजन विश्वका औंलामा गन्न सकिने त्यस्ता कम्पनीहरुको सूचीमा सामेल छ, जसको बजार मूल्य दुई ट्रिलियन डलरभन्दा धेरै छ। सन् २००० को जुन ८ का दिन बीबीसीका प्रस्तोता जेरेमी वाइनले बीबीसी न्युजनाइटको डेस्कमा त्यसबेला अत्यधिक धरमराइरहेको इकमर्सको बजारका विषयमा रिपोर्ट प्रस्तूत गरिरहेका थिए।

    उनको टेबलमा त्यस रात पाहुनाको रुपमा ३६ वर्षीय जेफ बेजोस उपस्थित थिए । त्यसबेला उनी अमेजन डटकमका सीईओ थिए। बीबीसीको प्रमुख समसामयिक मामिलासम्बन्धी उक्त कार्यक्रममा उक्त अन्तरवार्ताको बेलासम्ममा अमेजन आफ्नो इतिहासकै एउटा महत्वपूर्ण क्षणमा पुगिसकेको थियो । त्यसबेला करिब आधा वर्ष बित्दासम्म डटकम बूमको एउटा आर्थिक फोका तयार भैसकेको थियो जुन आफैं फुट्ने सँघारमा पुगेको थियो ।

    अमेजनको शेयरमा भारी गिरावट

    यहाँसम्म कि अमेजनसहित दर्जनौं अनलाइन कम्पनीहरू तथा व्यवसायहरू सोही डटकमको वरिपरि घुमिरहेका थिए र यसको असर पनि महसुस गर्न थालेका थिए । जेरेमी वाइनको रिपोर्ट अनुसार सन् १९९९ मा अमेजनले १ अर्ब ६० करोड डलको व्यापार गरेको थियो । तर, सोही वर्ष कम्पनीले ७२ करोड खुद घाटा बेहोरेको थियो । कम्पनीको शेयर मूल्यमा पनि घटबढ भैरहेको थियो । सन् १९९९ मा कम्पनीको शेयरको मूल्य प्रतिशेयर ११३ डलर रहेकोमा सन् २००० मा प्रतिशेयर ५२ डलरमा झरेको थियो । कम्पनीको सुरुआत तथा भारी सफलताको बाबजुत सन् २००० को दशकको सुरुमा डटकम बूमका कारण अमेजनलाई भारी घाटाको झट्का लागेको थियो ।

    वाइनले अन्तरवार्ताको सुरुवातमै बेजोससँग सोधेका थिए- मानिसहरुले अमेजन अद्भूत छ भन्थे । तर, अहिले मानिसहरुले भन्ने गर्दछन् कि अमेजन यतिधेरै घाटामा गैरहेको छ, के त्यो अनौठो कुरा होइन ? त्यसको जवाफमा ढुक्कसाथ बेजोसले भने- ठीकै छ, भलै हामी अहिले घाटामा गएको कम्पनीको रुपमा चिनिएका छौं । तर, हामी आफ्ना रणनीतिहरुलाई लिएर सचेत छौं र यो लगानीको निर्णय गर्ने समय हो। उक्त अन्तरवार्ताको २४ वर्षपछि अर्थात् अमेजनको स्थापनाको ३० वर्षपछि जेरेमी वाइनलाई अहिलेसम्म पनि आफ्नो उक्त अन्तरवार्ताका केही खास अंशहरू याद छन् । बेजोसका बारेमा स्मरण गर्दै वाइन भन्छन् – मसँग केही अत्यन्तै कठिन प्रश्नहरु थिए । तर, बेजोसले ती प्रश्नहरूलाई टारे मात्रै । अन्तरवार्ताका क्रममा उनी कुनैबेला पनि आत्तिएनन् । मलाई सम्झना छ कि उनलाई मैले निकै खुसमिजास मानिस लागेको थियो । मलाई सधैं लाग्थ्यो कि यो मानिसलाई आफू भविष्यमा संसारकै सबैभन्दा धनी मानिस बन्छु भन्ने कुरा पहिले नै थाहा थियो।

    अमेजनको परिकथा

    सन् १९९४ को जुलाई ५ का दिन जेफ बेजोसले वाशिंटनको बेल्लेभ्यूमा एउटा ग्यारेजमा आफ्नो कम्पनीको सुरुआत गरेका थिए र त्यसको एकवर्षपछि नै एउटा वेबसाइट लञ्च गरे । वर्ल्डवाइड वेब त्यसबेला सम्म आफ्नो सुरुवाती चरणमै थियो, जुन त्यतिबेला वेब १.० को रुपमा चिनिन्थ्यो। त्यसबेला केवल केही कम्पनीहरूले मात्रै वेबमा आधारित व्यवसायको क्षमता हासिल गरेका थिए ।

    अमेजनको सुरुबत एउटा अनलाइन किताब बिक्रेताको रुपमा भयो । कम्पनीले त्यसबेला आफूलाई विश्वकै सबैभन्दा ठूलो इ-बुक कलेक्सनको रुपमा प्रचार गरेको थियो । उक्त इ-बुक कम्पनीको नाम अमेजन नदी जत्रै विशाल थियो । कम्पनीले किताबहरूमा दोब्बर फोकस गर्‍यो ताकि तीव्र रुपमा बढिरहेको इ-कमर्स बजारमा एउटा ठूलो कम्पनीको रुपमा अगाडि आउन सकियोस्। अमेजन डटकम बूमको लहरमा सवार थियो, जुन १९९० को दशकको अन्त्यतिर अमेरिकाको प्रविधि क्षेत्रमा तीव्र रुपमा बढिरहेको थियो ।

    उक्त वृद्धि विभिन्न बजारहरुमा भैरहेको लगानीका कारण देखिएको थियो । उक्त वृद्धिले इन्टरनेटमा आधारित कम्पनीहरुको एउटा नयाँ पुस्तालाई जन्म दिएको थियो । जब अमेजन संसारको सबैभन्दा ठुलो अनलाइन बिक्री प्लाटफर्म बन्यो साइट लञ्च भएको चार वर्षपछि अमेजन विश्वको सबैभन्दा ठूलो अनलाइन बिक्री प्लाटफर्म बन्यो । अमेजनले आफ्नो प्लाटफर्ममा किताबका अलावा इलेक्ट्रोनिक्स, खेलौना तथा डिभाइस जस्ता अन्य सामानहरू समेत बेच्न सुरु गर्‍यो ।

    सन् २००० को अन्त्यसम्ममा अमेजनसँग करिब १ करोड ७० लाखभन्दा धेरै ग्राहक बनिसकेका थिए । त्यसबेलासम्म अमेजनको बजार पुँजीकरण पनि उसको आईपीओको तुलनामा ५० गुणाले बढिसकेको थियो । जेफ बेजोसलाई टाइम म्यागेजिनले सन् १९९९ को वर्ष व्यक्ति घोषणा गरेको थियो । साथै टाइम म्यागेजिनले बेजोसलाई साइबर व्यापारका राजा (किंग अफ साइबर कमर्स) को उपाधि पनि दिएको थियो ।

    अमेज़न है दुनिया की सबसे बड़ी ई-कॉमर्स साइट

    यद्यपि त्यसपछिका वर्षहरुमा अमेजनले आफ्नो कर तथा कर्मचारीहरुप्रतिको व्यवहारका कारण आलोचनाहरुको सामना गर्नुपर्‍यो । मेजनको चकित पार्ने खालको सफलताका बाबजुत सन् २००० मा कतिपय मानिसहरु यस्ता पनि थिए जसले कम्पनीलाई शंकाको नजरले हेर्दथे । सन् २००० मा न्युजनाइटमा आफ्नो अन्तरवार्ताका क्रममा बेजोसले ती चुट्किलाहरु पनि उधृत गरेका थिए जसलाई आलोचकहरुले अमेजनलाई खिसिट्युरी गर्नका लागि प्रयोग गर्दथे । आलोचकहरु भन्ने गर्थे- अमेजन डट कम अर्थात् अमेजन डट बम ।

    साथै अमेजनको घाटालाई मजाक बनाउनका लागि आलोचकहरुले यसलाई अमेजन डट अर्ग भनेर पनि चिढाउँथे। यसको अर्थ थियो कि कम्पनीले फाइदा कमाउन सकिरहेको थिएन । अन्तरवार्ताका क्रममा जेरेमी वाइनले भने – जब तपाईंसँग २ करोड ग्राहक छन् भने पैसा गुमाउनु कुनै ठुलो कुरा होइन। उक्त टिप्पणी सुन्दा बेजोस हाँसे र भने : ठीक छ, हामीसँग त्यो कौशल छ। यद्यपि त्यसपछि केही संयमित हुँदै उनले भने- तथापि यहाँ वास्तवमा जे भैरहेको छ त्यो भनेको हामीले लगानी गरिरहेको हो ।

    कम्पनी विस्तार गर्ने बेजोसको अवधारणा

    डटकम तथा इ-कमर्स क्षेत्रमा अस्थीरताको उथलपुथलका बीच बेजोसले पहिलेदेखि नै कम्पनीको विस्तार गर्ने विषयमा सोंचिरहेका थिए। सन् १९९९ मै अमेजनले विश्वभरमा करीब ४० लाख वर्गफिटसम्मको जग्गा खरिद गर्नका लागि लगानी गरेको थियो । त्यसमा बेलायतको लण्डन नजिकै २० लाख वर्गफिट क्षेत्रफलमा फैलिएको वितरण केन्द्रमा गरिएको लगानी प्रमुख थियो । बेजोसका अनुसार सम्भव भएसम्म कम लागतमा धेरै भन्दा धेरै सामानहरु छान्ने तथा खरीद गर्ने विकल्प पेस गर्ने रणनीतिका कारण पनि कम्पनीलाई घाटा भयो।

    सन् २००० मा अमेजनको ध्यान भनेको लगातार बढिरहेका ग्राहकहरुको माग पूरा गर्नमै केन्द्रित रहेको उनको भनाइ थियो । तथापि समयक्रमसँगै बजारमा आफ्नो पकड मबजुत बनाउने उद्देश्यसँगै बेजोसले ठुलो चलाखीबाट कम्पनीको घाटालाई पनि आफ्नो लाभका लागि प्रयोग गरे। यद्यपि अमेजनलाई डटकम क्रयासबाट पनि ठूलो नोक्सानी भयो । तथापि ग्राहक पहिलो जस्ता रणनीतिबाट अमेजनलाई सबैभन्दा खराब समयबाट पनि जोगिन सहयोग पुग्यो। सन् २००० को उक्त अन्तरवार्ताका विषयमा वाइन भन्छन् – मलाई मात्र यत्ति सम्झना छ कि जब बेजोस स्टुडियोबाट बाहिर निस्किए तब उनी जाँदै गरेको देख्दा मेरो मनमा सवाल उठ्यो, आखिर यो मान्छेका लागि अगाडि के छ ? बेजोसले बल्लतल्ल आफ्नो कम्पनीलाई सबैभन्दा खराब समयबाट बँचाएर ल्याएका थिए। डटकम बबल निकै खराब थियो र यो सन् २००७ को सम्पूर्ण बैंकिङ क्रयासभन्दा अगाडिको खराब समय थियो । यहाँसम्म कि त्यसबेला अधिकांस मानिसहरुले आफ्नो सप्पै कुरा गुमाएका थिए ।

    अमेजनको पुनरागमन

    जेरेमी वाइनको अन्तरवार्ताको २४ वर्षपछि अमेजनले इकमर्स तथा क्लाउड कम्प्युटिंगको क्षेत्रमा आफ्नो स्थिति तथा प्रभुत्वलाई निकै मजबुत बनाइसकेको छ । न्युजनाइट कार्यक्रमको अन्तरवार्ताको केही महिनापछि अमेजनले आफ्नो मार्केटप्लेस लञ्च गरेको थियो । उक्त सुविधाले थर्ड पार्टी व्यवसायलाई अमेजनमा आफ्ना सामान बेच्ने स्वीकृति दिएको थियो । सन् २००५ मा कम्पनीले आफ्ना नियमित ग्राहकहरुका लागि अमेजन प्राइम लञ्च गर्‍यो र सन् २०२४ मा अमेजन प्राइमका प्रयोगकर्ताको संख्या १ करोड ८० लाख नाघ्न लागेको छ । अमेजनले सन् २०२३ मा सामान बिक्रीबापतको खुद आम्दानी ५७४ अर्ब डलर कमाएको छ ।

    उसले इ कमर्सका अलावा अन्य व्यवसायमा पनि हात हालिरहेको छ । यसमा एउटा फिल्म तथा टेलिभिजन स्टुडियो, एउटा स्ट्रिमिङ सर्भिस, पूर्णसेवायुक्त किराना स्टोर तथा एआई सहायक प्रविधि पनि सामेल छ। यसका साथै कम्पनीले ट्विच इन्टरएक्टिभ, होल फुड्स तथा अडिबल सहित विभिन्न कम्पनीहरुलाई समेत अधिग्रहण गरेको छ ।

    कोभिड महामारीमा संसारकै धनी

    कोभिड १९ महामारीका बेला सन् २०२० मा जेफ बेजोसले ठूलो सफलता हासिल पारे र विश्वका सबैभन्दा धनी व्यक्ति बने। यद्यपि अहिले उनी विश्वका अर्बपतिहरुको सूचीमा उनी एलन मस्कपछि दोस्रो स्थानमा छन् । उसो त अमेजनले अहिले पनि घाटाको सामना गरिरहनु परेको छ । सन् २०२२ मा अमेजन पहिलो यस्तो सार्वजनिक कम्पनी बन्यो जसले एक ट्रिलियन डलरको नोक्सान बेहोर्नुपर्‍यो ।

    तलब तथा खराब कार्यसंस्कृतिका कारण बेलायतको कोभेन्ट्रीस्थित अमेजनको गोदाममा हडतल पनि भयो । त्यस्तै अमेजन कम्पनीले अमेरिकामा ट्रेड युनियनको विरुद्धमा पनि संघर्ष गर्नुपरेको छ । बेजोसले सन् २०२१ म अमेजनको सीईओको पदबाट राजीनामा दिएका थिए र अमेजन वेब सर्भिसका पूर्वसीईओ एन्डी जेसीलाई कम्पनीको नेतृत्व सुम्पिए । त्यसपछि बेजोसले आफ्ना पूरै ध्यान आफ्नो मनचिन्ते परियोजनाहरुमा लगाएका छन् । यसमा बेजोसको एरोस्पेस उद्यम, ब्लू ओरिजन तथा द वाशिंटन पोष्टलगायतका छन्, जसलाई उनले सन् २०१३ मा खरिद गरेका थिए।

    बेजोसले दान तथा कल्याणकारी परियोजनामा ध्यान दिने आफ्नो इच्छाको पनि खुलासा गरेका छन् । साथै उनले जलवायु परिवर्तन र असमानता जस्ता मुद्दासँग लड्नका लागि आफ्नो सम्पत्ति दान गर्ने योजना पनि बनाइरहेका छन् । यद्यपि बेजोसका परोपकारी कामहरूको आलोचना पनि हुने गरेको छ । कतिपयले उनलाई पाखण्डी पनि भन्ने गर्छन् । अमेजनको खराब कार्यसंस्कृति र कर प्रथाका कारण उनी यस्तो निसानामा पर्दछन् । हुनत मानिसहरुले अमेजन र बेजोसका बारेमा के सोंच्दछन् भन्ने कुरालाई नदरअन्दाज गर्न पनि कठिन छ । तथापि अमेजनले हाम्रो आर्थिक अस्तित्वका अधिकांस पहलुहरुमा आफ्नो जबरजस्त उपस्थिति दर्ज गराएको छ भन्ने कुरालाई भने इन्कार गर्न सकिंदैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑