• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सार्वजनिक बोरीङबाट पानी लैजान नदिनेको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

  • वीरगंज संजाल
  • २१ असार २०८१, बिहीबार १२:००
  • १२१७

    वीरगंज | वीरगन्ज हानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार साह कानुले सार्वजनिक स्थानमा गाडिएको डीप बोरिङको धाराबाट छिमेकीलाई पानी नदिने व्याक्तिको घर अगाडि ट्याक्टरबाट फोहोर लगेर थुपारि दिएका छन् ।

    वरिगन्ज–१० रानीघाटको गायत्री मन्दिर टोलका सन्जय कुमार कलवारको घर अगाडी बिहीबार बिहान वडाध्यक्ष कानुले वडाबाट संकलित फोहोर ट्याक्टरमा लगेर थुपारी दिएका हुन् । वडाध्यक्ष कानुका अनुसार,टोलभरीकै चापाकलह सुकेपछि छिमेकीहरुलाई पानी लग्ने दिने शर्तमा वडा कार्यालयबाट लिखित रुपमै अनुमति लिएर कलवारले गत बैशाख २० गते आफनो घर अगाडिको सडकमा डीप बोरीङ गाडेका थिए ।तर उक्त डीप बोरीङबाट कलवारले छिमेकीका घरमा पानी लैजान नदिएपछि छिमेकीहरु गुनासो लिएर वडा कार्यालयमा पुगेका थिए ।

    त्यसपछि कलवारलाई फोन गरेर छिमेकीलाईपनि पानी दिन आग्रह गर्दा कलवारले आँफुसहित चार जनाले खर्च गरेर बोरीङ गाडेकोले अरुलाई पानी दिन नसक्ने ठाडो जवाफ दिएको वडाध्यक्ष कानुले बताए । वडासदस्यहरु पनि कलवारकै घरमा पठाएर सम्झाई बुझाई गर्न खोज्दापनि अटेर गरेपछि बाध्य भएर उनको घर अगाडिको दैलोमा कचरासहितको फोहोर लगेर थुपार्न लगाएको वडाध्यक्ष कानुले बताए ।

    वडाध्यक्ष कानुले भने,‘ एक त वडा कार्यालयबाट कलवारले छिमेकीहरुलाईपनि पानी दिने लिखित शर्त गरेरै सडकमा बोरीङ गाडेका हुन् । अर्को कुरा उनले आफनो निजी जग्गामा नभई घर अगाडिको सडकमा बोरीङ गाडेका हुन् । सडक सार्वजनिक स्थान हो । सार्वजनिक स्थानमा गाडिएको धारा वा बोरीङ कसैको निजी वा पेवाको सम्पति हुनै सक्दैन । सडकमा गाडिएको बोरीङ सार्वजनिक हुन्छ । सबैले पानी प्रयोग गर्न पाउनु पर्छ । ’

    अहिले वीरगन्जभरी नै चापाकलहरु सुकेर पानीको संकट भइरहेका बेला कलवारले बदमाशी गरेपछि आँफुले पहिलो पटक चेतावनी दिनका लागि वडाबाट संकलन गरिएको कचरा सहितको फोहोर ट्याक्टरमा लगेर उनको दैलोमा खसाल्न लगाएको वडाध्यक्ष कानुले बताए । उनले भने,‘ यो चेतावनीको संकेत मात्रै हो । यदि कलवारले छिमेकीलाई पानी दिएनन् भने सार्वजनिक स्थानमा गाडिएको बोरीङ उखेल्न लगाउँछु । त्यसपछि स्थानीयका लागि पानीको संकट टार्न अर्को विकल्पको व्यवस्थापन गर्छु ।‘

    गत बैशाखदेखि वीरगन्जको शहरी क्षेत्रमा चापकलहरु सुकेर खानेपानीकै संकट सुरु भएपछि रानीघाटका कलवार छिमेकीहरुलाई आवश्यकता अनुसार बोरीङबाट पानी लैजान दिने शर्तमा वडा कार्यालयको अनुमति लिएर आफनै घर अगाडिको सडकमा डीप बोरिङ गाडेका थिए । त्यसमा लागेको खर्च कलवारसहित चार जनाले ब्यहोरेका थिए । उक्त डीप बोरीङबाट कलवार र बोरीङ गाड्न खर्च दिएका व्याक्तिहरुको घरमा मात्र अहिले पाइप जोडेर पानीको आपुर्ति भइरहेको छ ।

    अहिले चापाकल सुकेर खानेपानीको संकट झन् बढ्दै गएपछि उक्त बोरीङमा पाइप जोडेर पानी लैजान खोज्दा कलवार र उनका साझेदारले लैजान नदिएको स्थानीय अक्षय कुमार सर्राफले बताए ।५० हजार रुपैयाँ दिएमात्र पानी लैजान दिने शर्त कलवार र उनका साझेदारले राखेको सर्राफले बताए ।उनले भने,‘ त्यत्रो पैसा हामीले कहाँबाट ल्याउँ ? पैसा दिएमात्र पानी दिने नत्र नदिने यो कहाँको न्याय हो ?’

    वडा कार्यालयमा गुनासो लिएर पुगेका सर्राफले भने,‘ चापाकल सुकेर पानी आएको छैन । घर छेउमै डीप बोरीङ छ । तर हामीले पानी पाएका छैनौं । बोरीङमा पाइप जोड्न जाँदा कलवारसहितका मान्छेले ५० हजार दिने भए पानी लैजाउ । नत्र पानी छैन भनेर धम्क्याउछन् ।’

    केहिदिन पहिलेमात्रै पानीको संकट भएपछि कलवारकै छिमेकका राजकुमार सर्राफले कलवारलाई ४० हजार रुपैयाँ दिएपछिमात्रै बोरीङमा पाइप जोडेर पानी लैजान दिएको उनका दाजु बलिराम सर्राफले बताए ।

    कलवारकै अर्का छिमेकी सन्तोष साह कानुलेपनि कलवारे मागे अनुसारको पैसा दिन नसक्दा पानी लान नपाएको दुखेसो पोखे । उनले भने,‘ सार्वजनिक प्रयोगका लागि वडाध्यक्षले पठाइदिएको ५ हजार लिटरको ट्यांकीमा पनि कलवारले पानी भर्न दिएका छैनन् । यो त सरासर अन्याय हो ।’

    यता कलवारले भने आँफुहरुले साढे ३ लाख रुपैयाँ खर्च गरेर डीप बोरीङ गाडेकाले उक्त बोरीङबाट पाइप जोडेर अरुलाई पानी लैजान नदिने बताए । बोरीङ गाड्नका लागि खर्च दिएका व्याक्तिहरुको घरमा मात्रै पाइप जोडेर पानीको आपुर्ति गरिएको भन्दै उनले भने,‘ बोरीङ गाड्ने बेला छिमेकका घर घरमा गएर हामीले पैसा मागेका थियौं त्यो बेला कसैलेपनि एक सुका झारेन ।जसलाई पानी चाहिएको छ मेरो दैलोको धारमा आएर बाल्टी थापेर लगे हुन्छ । हामी रोक्दैनौं । तर बोरीङमा पाइप जोड्न दिदैनौ । वडाध्यक्ष होस् वा जो सुकै होस् पाइप जोड्न दिदैनौं ।’

    वडाध्यक्षले अबपनि दबाब दिए आँफुहरुले वडाभरीकै बोरीङको पाइप उखेलेर फयाँकी दिने धम्कीपनि उनले दिए । उनले भने,‘ अब हामीपनि हेर्छौ को आएर हामीलाई टर्चर गर्छ । वडाध्यक्ष वा अरु कसैले जोरजबरस्ति पाइप जोडेर पानी लैजान खोज्यो भने पुरै वडाभरका बोरीङ उखलेर फालिदन्छौ । पाइप काटी दिन्छौ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑