वीरगंज | महिनावारी अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ ।त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् ।आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?
१. महिनावारी भएको पहिलो सात दिन ः महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौन सम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौन सम्पर्क नगरेको राम्रो ।
२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन ः यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । अनुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौन सम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।
३. महिनावारी भएको ११ देखि १६ दिन ः साधनविना गरिने यो बेलाको यौन सम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौन सम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।
४. १७ देखि १९ दिन ः साधनविना गरिने यौन सम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।
५ . २० देखी महिनावारी नहुँदासम्मको दिन ः यसबेला साधनविना गरिने यौन सम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात् विज्ञहरुले यतिवेला साधनविना गरिने यौन सम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।