ट्राइकोमोनास
ट्राइकोमोनास महिलाको योनी र पुरुषको मूत्रनलीमा संक्रमण हुने रोग हो। महिलाको ययोनीमा चिलाउने, योनीमा जलन हुने र कडा गन्ध आउने देखिन्छ तर आधाभन्दा बढी केसमा लक्षण नदेखिने भनिएको छ। पिसाब नली र पिसाब थैलीमा संक्रमण हुँदा बारम्बार पिसाब लाग्ने र पिसाब गर्दा दुख्ने गर्छ। पुरुषहरूमा, मूत्रमार्गको लक्षणहरू जस्तै पिसाब गर्दा पोल्ने र मूत्रनलीबाट रक्तस्राव हुन सक्छ।
संक्रमणको मार्ग र रोकथाम
ट्राइकोमोनास सामान्यतया यौन क्रियाकलापबाट सर्छ तर कहिल्यै यौनसम्पर्क नगरेकाहरूलाई पनि अन्डरवयर, तौलिया, ट्वाइलेट, बाथटबबाट अप्रत्यक्ष रूपमा संक्रमण हुन सक्छ।
कण्डमको प्रयोग र मलद्वारको सीधा सम्पर्कबाट बच्नाले संक्रमणबाट बच्न सकिन्छ। सार्वजनिक ठाउँमा स्नान, यौनाङ्गसँग प्रत्यक्ष सम्पर्कमा आउने चीजहरूबाट सावधान रहनुहोस्। यदि तपाईंलाई संक्रमण छ भने कसैसँग तौलिया सेयर नगर्नुहोस्।
परीक्षण
ट्राइकोमोनास परजीवी योनीरसमा पाइन्छ र माइक्रोस्कोपबाट मात्रै देख्न सकिन्छ। र ट्राइकोमोनास प्रोटोजोआ ल्याब परीक्षणबाट पनि पत्ता लगाउन सकिन्छ। यो परीक्षण मुख्यतया अस्पतालहरूमा गरिन्छ।
ट्राइकोमोनास परजीवी दुई हप्ताको उपचार पछि निको भएको सुनिश्चित गर्न पुन:परीक्षण गरिन्छ।
उपचार
खान मिल्ने एन्टिबायोटिक वा योनी ट्याब्लेट प्रयोग गरिन्छ। पुरुषमा कहिलेकाहिँ कुनै लक्षण नदेखिने र परीक्षणबाट ट्राइकोमोनास पत्ता लगाउन गाह्रो हुन्छ। यदि उनीहरूको पार्टनर (महिला) संक्रमित छन् भने, उनीहरूको पार्टनरको परीक्षण र उपचार एकै समयमा गर्नुपर्छ।