• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नगर प्रमुख र वडाध्यक्षले एकअर्काविरुद्ध दिए उजुरी, पक्राउ पुर्जीमा प्रहरी माैन

  • वीरगंज संजाल
  • २० असार २०८१, बुधबार ०२:३७
  • १२६९

    रौतहट | रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका नगर प्रमुखलाई प्रहरीले नै सुरक्षा दिएको आरोप छ। इलाका प्रहरी कार्यालय गरुडाले गत असार २ गते रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि असार १० महानगरपालिकाले गरेको नगर सभाको सुरक्षा प्रहरीले गरेको थियो। पक्राउ पुर्जी जारी भएको ८ दिनमा नगर सभा हुँदा पनि पक्राउ गर्नुपर्ने मानिसको सुरक्षा गरेको भन्दै स्थानीयले विरोध गरेका थिए।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले नगर प्रमुख कुर्मीसहित वृन्दावननपा ६ काधर्मेन्द्र पटेल, हरिनारायण पटेल, बैजु पटेल, सुशील पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा नम्बर ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा नम्बर २ कासिकिन्द्र पटेल, छविलाल पटेल, देवेन्द्र पटेल तथा वडा नम्बर १ काअजय पटेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जानकारी गराएका छन्।

    गत जेठ २७ गते वडा नम्बर ४ का वडाध्यक्ष श्याम राय यादवको गोठमा नगर प्रमुख पटेलसहित १४ जनाले आगजनी गरेको भन्दै जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी परेको थियो। सोही घटनामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो।

    पक्राउ पुर्जी जारी भएको दुई हप्ताभन्दा बढी समय बितिसकेको भए पनि प्रहरीले नगर प्रमुखसहितका अन्यलाई पक्राउ गर्न सकेको छैन।

    त्यसो त वडाध्यक्ष श्याम राय यादवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। गत जेठ २७ मा नै वडाध्यक्ष यादवसहित अन्यलाई खोलामा उत्खनन गरिरहेको जेसिबिमा तोडफोड गरेको भन्दै नगर प्रमुख कुर्मीले जाहेरी दिएका थिए।

    नगर प्रमुख कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि इलाका प्रहरी कार्यालयले नगर प्रमुखकै दबाबमा आफूहरुविरुद्ध मुद्दा दर्ता गरेको भन्दै वडाध्यक्ष यादवले प्रतिवाद गरेका छन्। वडाध्यक्ष यादवले आगलागीको घटनालाई नियतवश दबाउनको लागि जेसिबि तोडफोडको जाहेरी गरेको भन्दै विरोध गरेका छन्।

    जेसिबि तोडफोडको जाहेरीमा पनि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले वडाध्यक्ष यादव, वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र पटेल, माओवादी नेता रामप्रसाद पटेलसहित १८ जनाविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको डिएसपी त्वातीको भनाइ छ। दोहोरो पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कुनै पक्षलाई पक्राउ गर्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑