• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टी–२० विश्वकपपछि संन्यास लिने अन्तर्राष्ट्रिय क्रिकेटका यी ६ हस्ती

  • वीरगंज संजाल
  • १९ असार २०८१, मंगलवार १५:१८
  • ८१७

    वीरगंज । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण गत शनिबार अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न भयो । नवौँ संस्करणको उपाधि भारतले जित्यो । फाइनलमा भारतले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्‍यो । नवौँ संस्करणको समाप्तिसँगै विश्व क्रिकेटका केही हस्तीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए । अन्य ढाँचाको क्रिकेटमा देखिए पनि विभिन्न राष्ट्रका यी ६ खेलाडी अब टी–२० ढाँचाको प्रतियोगितामा भने देखिने छैनन् ।

    विराट कोहली
    भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीले आफ्नो राष्ट्रलाई नवौँ विश्वकपको उपाधि चुमाउँदै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिने निर्णय गरे । विश्व क्रिकेटकै उत्कृष्ट ब्याट्सम्यानमध्येका एक विराटले ७६ रनको योगदान गरेका थिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए | यद्यपि, त्यसअघिका खेलमा उनको ब्याटिङ खासै चल्न सकेको थिएन । समग्रमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट विराटको संन्यास सुखद रह्यो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र फ्रेन्चाइज प्रतियोगिता भने खेल्ने बताएका छन् ।

    रोहित शर्मा
    नवौँ विश्वकपमा रोहित शर्मा नै भारतीय टोलीका कप्तान थिए । उनकै कप्तानीमा भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । उनी भारतलाई दुईपटक टी–२० विश्वकपको उपाधि जिताउने एकमात्र खेलाडी पनि हुन् । यसअघि भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको थियो । त्यतिबेला पनि रोहित टोलीका महत्त्वपूर्ण सदस्य थिए । सोही विश्वकपमार्फत रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ पनि गरेका थिए । विश्वकपको नवौँ संस्करणमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगिता अवधिभरमा कुल दुई सय ५७ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले अन्य ढाँचाको प्रतियोगिता भने खेल्ने बताएका छन् ।

    डेभिड वार्नर
    अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान हुन्, डेभिड वार्नर । नवौँ टी–२० विश्वकपमा उनी पनि अस्ट्रेलियन टोलीका सदस्य थिए । तर, उनको टोली अस्ट्रेलिया विश्वकपको ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेन । अस्ट्रेलिया ‘सुपर–८’ चरणको खेलमा अफगानिस्तानसँग २१ रनले पराजित भएको थियो । अस्ट्रेलियन टोली भारतसँग पनि २४ रनले हारेको थियो । आफ्नो टोली ‘सुपर–८’ चरणबाट बाहिरिए लगत्तै ओपनर ब्याट्सम्यान वार्नरले सक्रिय खेल जीवनबाट संन्यास लिएको घोषणा गरे । वार्नरले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै संन्यास लिइसकेका थिए । यसको अर्थ अब उनी कुनै पनि ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छैनन् । विभिन्न राष्ट्रमा आयोजना हुने फ्रेन्चाइज क्रिकेटमा भने उनलाई देख्न पाइने छ ।

    ट्रेन्ट बोल्ट
    न्युजिल्यान्डका तीव्र गतिका बलर हुन्, ट्रेन्ट बोल्ट । बोल्ट विश्व क्रिकेटकै प्रभावशाली बलरमध्ये एक हुन् । नवौँ टी–२० विश्वकपमा उनी पनि न्युजिल्यान्डको टोलीका महत्त्वपूर्ण सदस्य थिए । तर, उनको टोली न्युजिल्यान्ड यसपटक विश्वकपको समूहगत चरणबाटै घर फर्कन बाध्य भयो । न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’मा परेको थियो । अङ्क तालिकामा न्युजिल्यान्ड तेस्रो स्थानमा रह्यो । न्युजिल्यान्डले दुई जित र दुई हारको नतिजा निकाल्यो । त्यो समूहबाट वेस्ट इन्डिज र अफगानिस्तान ‘सुपर–८’ चरणमा पुगेका थिए । आफ्नो टोली नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएपछि अनुभवी बलर ट्रेन्ट बोल्टले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । उनले विश्वकप सुरु हुनुअघि नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने जानकारी दिइसकेका थिए । उनी पनि इन्डियन प्रिमिय/ लिगलगायतका फ्रेन्चाइज क्रिकेटमा भने देखा पर्नेछन् ।

    रवीन्द्र जडेजा
    भारतीय टोलीका स्टार अलराउन्डर हुन्, रवीन्द्र जडेजा । नवौँ टी–२० विश्वकप उनका लागि पनि सुखद रह्यो । भारतले विश्वकप उपाधि उचाल्दा उनी टोलीको महत्त्वपूर्ण सदस्य बने । यो विश्वकपमा उनको प्रदर्शन भने खासै गतिलो रहेन । यो विश्वकपमा जडेजाको ब्याटिङ र बलिङ दुवै निराशाजनक रह्यो । उनले यो विश्वकपको कुल पाँच पालीमा केवल ३५ रन बनाएका थिए भने एक विकेटमात्र लिन सकेका थिए । आफ्नो टोलीले उपाधि जितेसँगै उनले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरे ।

    डेभिड विसे
    नवौँ टी–२० विश्वकपमा नामिबियाको टोलीका महत्त्वपूर्ण सदस्य थिए, डेभिड विसे । उनी विश्व क्रिकेटका चर्चित अलराउन्डर हुन् । उनले लामो समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट क्रिकेट खेलेका थिए । त्यसपछि सन् २०२१ मा उनी नामिबियाको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए । उनको टोली नवौँ विश्वकपमा समूहगत चरणभन्दा अगाडि बढ्न सकेन । समूहगत चरणमा नामिबियाले एक खेलमात्र जित्न सक्यो । नामिबियाले ओमानलाई ‘सुपर ओभर’मा हराएको थियो । उनले नामिबियाका लागि ३२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३५ विकेट लिएका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल पाँच सय २८ रन पनि बनाएका छन् । आफ्नो टोली विश्वकपको समूहगत चरणबाट बाहिरिए लगत्तै डेभिड विसेले पनि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएको घोषणा गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑