• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका सहकारीहरुकाे बदमाशीले किसानले पाएनन् मल

  • वीरगंज संजाल
  • १९ असार २०८१, मंगलवार १२:१६
  • १३८९

    वीरगन्ज | रोपाइँ सिजन सुरु भइसक्दापनि वीरगन्ज महानगरकै अधिकांश वडाका सहकारीले कृषि सामग्री कम्पनी वीरगन्जबाट कोटाको मल लगेका छैनन् । मौज्दात पर्याप्त रहेको अवस्थामा महानगरकै सहकारीहरुले आफ्नो कोटाको मल लैजान रुचि नदेखाउँदा मलको अभाव रहेको हल्ला फैलिएको कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले गुनासो गरे ।

    ‘बजारमा कम्पनी र साल्ट ट्रेडिङ्गले मल दिएन भनेर नकारात्मक हल्ला छ,’ उनले भने, ‘तर एउटा होइन ३ वटा लटको कोटाको मल महानगरकै बिभिन्न वडाका सहकारीले लग्न रुची देखाएका छैनन् ।’

    पाण्डेका अनुसार, वडा नम्बर १५, १६, १९, २१, २६, २७, ३१ र ३२ का सहकारीहरुले अझै पनि डिएपि, पोटास र युरिया मल लैजाने प्रक्रिया नै अघि बढाएका छैनन् । यी वडा महानगरका ग्रामीण बस्ती हुन् । प्रत्येक वडामा मल वितरणको जिम्मेवारी लिएका १/२ वटा सहकारी सक्रिय छन् ।

    वीरगन्ज महानगरपालिकाको कार्यालयले यसअघिनै २ पटक डिएपि, १ पटक पोटास र १ पटक युरियाको कोटा निर्धारण गरिसकेको छ । ‘भारत तथा तेस्रो मुलुकबाट मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा स्थानीय तहका सहकारीहरुलाई कोटा निर्धारण गर्ने गरिन्छ, वीरगन्जको हकमा महानगरपालिकाको कार्यालयले मातहतका वडाका सहकारीहरुलाई कोटा निर्धारण गर्छ,’ उनले भने, ‘तर ४ वटा कन्साइन्मेन्टको मलमा कोटा निर्धारण भइसक्दा पनि सहकारीहरुले मल लग्न रुचि देखाएका छैनन् ।’

    जेठ २० यता महानगरपालिकाको कार्यालयले डिएपिको २ पटक, पोटासको एक पटक र आइतबार युरियाको गरी ४ पटक कोटा निर्धारण गरिसकेको पाण्डेले बताए ।

    यस अवधिमा ग्लोबल टेण्डरबाट मल आपूर्तिको ठेक्का पाएको आदित्य बिरला ग्रुपले २० हजार टन डिएपी, भारतको इन्डियन पोटास लिमिटेडले २५ हजार टन डिएपि, सन ग्रुपले ३० हजार टन युरिया र आइपिएललेनै १० हजार टन पोटास मल ल्याइसकेको पाण्डेले बताए ।

    मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा यसरी सहकारीहरुलाई कोटा निर्धारण गर्ने परिपाटी रहेको छ । आइपिएलकै अर्को कन्साइन्मेन्टको ३० हजार टन युरिया भित्रिने क्रममा छ । युरिया बोकेर आएको पहिलो रेल्वे र्‍याक सोमबार रक्सौल रेल्वे स्टेशनमा आइपुगेको पाण्डे बताउँछन् ।

    त्यसैगरी, नेपालले भारतसँग जिटुीज प्रक्रियाबाट खरिद गरेको २५ हजार टन डिएपि मल कोलकाता बन्दरगाहबाट नेपाल आउन तयारी अवस्थामा रहेको उनले बताए । यसबाहेक अर्को कन्साइन्मेन्टबाट आइपिएलले थप २५ हजार टन डिएपि मल ल्याउन लागेको र हाल यो समुन्द्री मार्गमा रहेको पाण्डेले बताए ।

    यी कन्साइन्मेन्टका मल भित्रिए लगत्तै पुनः नयाँ कोटा निर्धारण समेत हुन थाल्ने उनले बताए । कम्पनीसँग मधेस प्रदेशमा हाल ९ हजार १ सय ७२ टन युरिया, २ हजार १ सय ६८ टन डिएपि र २ हजार ६ सय टन पोटास मल मौज्दात रहेको पाण्डेले जानकारी दिए । डिएपि र युरिया थप भित्रिने क्रममा रहेकाले जारी बर्षे धान बाली सिजनमा मलको अभाव नहुने दाबी पनि पाण्डेले गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑