• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश सरकार बजेट संशोधन गर्ने तयारीमा

  • वीरगंज संजाल
  • १५ असार २०८१, शुक्रबार १३:३७
  • ९५३

    वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई संशोधन गर्ने तयारी गरेको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले बिहीबार बोलाएको सर्वदलीय बैठकमा बजेटमा त्रुटि भएकोले सुधार गर्न सहमति खोजेका छन्। जनमत पार्टीले बजेट समान रुपमा वितरण भएको दाबी गरिरहेकै बेला मुख्यमन्त्री सिंहले बजेटमा गम्भीर त्रुटि भएकाले संशोधन गर्न विपक्षी दलहरुको साथ खोजेका छन्।

    मुख्यमन्त्री सिंहले स्वीकार गरे कि सांसदहरुको योजना बजेटमा समावेश हुन नसकेको र अनधिकृत व्यक्तिहरुले समेत योजना प्रविष्ट गरेको पाइएको छ। अर्थमन्त्री भरतप्रसाद साहले भने, “सर्वदलीय बैठकमा सांसदहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन गरिनेछ।”

    सर्वदलीय बैठकमा सहभागी सांसदहरुले संसदीय विकासका लागि १० अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने माग राखेका छन्। तर, सरकारले नै बजेटमा भारी त्रुटि गरेको स्वीकार गरिसकेपछि नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने बताउँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा कुमार यादवले बजेट पुनर्लेखन गर्नुपर्ने माग गरे।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट पुनर्लेखन सम्भव नभएको बताउँदै अर्थमन्त्री साहले सांसदहरुको मागलाई बजेटमा सम्बोधन गरिने बताए।

    प्रदेश सभामा सरकारलाई ५४ सांसदको समर्थन रहेको छ भने विपक्षमा ५० सांसद छन्। सरकारलाई समर्थन गर्ने एकजना मात्रले साथ छोड्दा सरकार ढल्ने उच्च जोखिम रहेको छ। चालु आर्थिक वर्षको ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बजेट रहेको छ।

    मुख्यमन्त्री सिंहले विगतको सरकार जस्तो चिया पसल, रेष्टुरेन्टमा योजना खरिद बिक्री कारोबार हुने अवस्था नरहेको दाबी गरेका थिए। तर, नेपालको संघीय इतिहासमा सरकारले बजेटलाई पुनर्लेखन गर्न सर्वदलीय बैठकमा सहमति जनाउनु निरीहता भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए।

    सम्बन्धित निकायहरुले बजेटमा सुधार गर्ने र सांसदहरुको सुझावलाई समावेश गर्ने तयारी गरिरहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑