• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मनसुन सक्रिय भएपछि पथलैया-अम्लेखगञ्ज सडक खण्ड धमाधम सडक कालोपत्रे

  • वीरगंज संजाल
  • १४ असार २०८१, बिहीबार ११:४०
  • ८३७

    बारा । मनसुन सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–अम्लेखगञ्ज सडक खण्ड धमाधम कालोपत्रे गर्ने काम भएको छ । भ्याटसहित ५ करोड लगानीमा २ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको हो ।

    ठुलो बजेटमा २ किलोमिटर सडक निर्माण गर्न लागिएको भन्दै यसलाई ‘नमुना सडक’ को नाम दिइएको छ । सडक डिभिजन कार्यालय हेटौँडा र चौधरी निर्माण सेवा जनकपुरबिच २०८० माघ २२ गते भएको ठेक्का सम्झौतामा जेठ मसान्तभित्र काम सक्नुपर्ने उल्लेख थियो । तर, ठेकेदार कम्पनीले भने सम्झौता भएको करिब ५ महिनापछि हतार हतारमा कालोपत्रे बिछ्याउने काम गरिरहेको छ ।

    सडक डिभिजन कार्यालय हेटौडाका सव–इन्जिनियर शंकर टंमाटाले २ लेनको सडक खण्ड मध्ये एक लेनको काम सम्पन्न भइसकेको र बाँकी काम असार १५ गतेभित्र सम्पन्न हुने बताए । ‘मनसुन सुरु भए पनि सडकमा पानी जमेको छैन, राति पानी परे पनि सडक सुख्खा भएकाले कालोपत्रे गर्न खासै फरक पर्दैन’ प्राविधिक टमाटाले भने ‘अहिलेसम्म ६५ देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ बाँकी काम असार १५ भित्र सकिन्छ ।’

    सामान्यतया कालोपत्रे गरेको २४ घण्टासम्म पानी पर्नुहुँदैन । तर मङ्गलवार स्थलगत रिपोटिङ्गको क्रममा ठेकेदार सडक कालोपत्रे गरेको केही घण्टा नबित्दै बारामा ठुलो पानी परेको थियो ।

    पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको यो सडक खण्डमा तीव्र गतिमा गुड्ने मालवाहक सवारी साधनका कारण सडकको अधिकांश भाग धसिएको छ भने साँघुरो सडकमा वार्षिक दर्जनौँ मानिस तथा वन्यजन्तुले अकालमा ज्यान गुमाउने गरेका छन् ।

    फिल्डमा भेटिएका चौधरी निर्माण सेवाका प्राविधिक सुमन कार्कीले २ किलोमिटर मध्ये १ हजार २ सय मिटरमा काम सकिएको र बाँकी काम केही दिनभित्र सकिने बताएका छन् ।

    ‘सम्झौतामा हामीलाई जेठ मसान्तभित्र काम सक्ने थियो तर अहिलेसम्म सडक डिभिजनबाट पैसा आएको छैन । आर्थिक कारणले पनि काम ढिलो भएको हो’ कार्कीले भने ‘अहिले हामीसँग बिटुमिन किन्नलाई पैसा छैन ।’

    ठुलो लगानीमा निर्माण भइरहेको सडकमा विशेष प्रकारको ४० ग्रेडको बिटविन प्रयोग गरिएको जनाएको छ । यो प्रविधिको सडक नेपालमै पहिलो भएको सडक डिभिजनको दाबी छ ।

    २०२२ सालमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको पूर्व–पश्चिम राजमार्ग त्यसयता सामान्य मर्मत सम्भार बाहेक पुनः निर्माणको काम भने भएको छैन ।

    सरकारले तत्कालै पथलैया–भरतपुर करिब एक सय किलोमिटर सडक खण्ड विस्तार गर्न बजेट अभाव भएको कारण देखाउँदै २ किलोमिटर नमुनाको रूपमा निर्माण गरेको हो ।

    सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश प्रसाद यादवले नयाँ प्रविधिको प्रयोग गरेर सडक निर्माण काम भइरहेको छ, यसमा उच्च गुणस्तरीय भिजिट ४० को बिटमिन र अस्पतालको बिचमा फाईवरको प्रयोग गरिएकोले नमुना सडक भनिएको बताएका छन् ।

    यो प्रविधिको सडक नेपालमै पहिलो भएको यादवको भनाई छ । ‘अव पानी परेन भने ३ दिनभित्र बाँकी काम सम्पन्न हुन्छ, बजेट अभावका कारण समयमै काम सक्न नसकिएको हो’ यादवले भने ‘यसमा पानी परे पनि खासै समस्या हुँदैन ।’

    महेन्द्र राजमार्गको नामले पनि चिनिने पूर्व पश्चिम जोड्ने सडक खण्ड तराईको पर्सा बाहेक २१ जिल्लालाई छोएको छ । १ हजार २७ दशमलव ६७ किलोमिटर लम्बाई रहेको पूर्व–पश्चिम राजमार्ग २०२२ सालमा भारत सरकारको सहयोगमा निर्माण भएर सञ्चालनमा आएको हो ।

    त्यसयता सामान्य मर्मत सम्भार बाहेक पुनः निर्माणको काम भने पहिलो पटक भएको सडक डिभिजन कार्यालय प्रमुख यादवको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑