• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

  • वीरगंज संजाल
  • १३ असार २०८१, बुधबार १२:४७
  • ९९३

    वीरगंज | बाराको सिम्राैनगढ नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको खुलेको छ । नगरपालिकाको अधिकृत सातौँ तहका हरिओमप्रसाद जयसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुखकाे हस्ताक्षरसमेत किर्ते गरी मन्त्रालयमा पेस गरेको खुल्न आएको हो ।

    जयसवालले किर्ते कागज बनाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको आधारमा उनलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ भने जयसवालले सोमबार नगरपालिकामा हाजिर भएपछि किर्ते कागज बनाएर मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारी उनले अधिकृतको जिम्मेवारी लिएका हुन् ।

    आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि उनले नगरपालिकाले मिति ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काज/सरुवा सहमति दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सरकारी पत्र किर्ते गरेको पाइएको हो ।

    ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओमप्रसाद जयसवाललाई दियो, तर पछि थाहा भयो उनले सरकारी पत्र र मेरो हस्ताक्षरसमेत दुरुपयोग गरेको पाइयो,’ सिम्राैनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवारले भने, ‘यस घटनाको जानकारी पाउनेबित्तिकै मैले उनको तोकिएको जिम्मेवारी बदर गर्न र सरकारी कागजको किर्ते गरेकोमा उनलाई कानुनी कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरिक्षण कार्यालय, कलैया बारालाई समेत पत्रचार गरी जानकारी गराएको छु ।’

    सिम्राैनगढ नगरपालिकाबाट पत्र लिई आएका हरिओमप्रसाद जयसवाललाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनले भने, ‘जयसवालले उनी त्यस नगरपालिकामा कार्यरत रहेका कर्मचारीमध्ये सबैभन्दा उच्च तहको कर्मचारी हो भनी सिफारिस भएका कारण कानुनबमोजिम जिम्मेवारी दिइएको हो, तर सो सरकारी पत्र किर्ते गरी ल्याइएको हो वा होइन भन्नेबारेमा आफूलाई कुनै जानकारी नरहेको र किर्ते हो वा होइन भन्ने निकायसमेत नभएकाले यसको सत्यतथ्य सम्बन्धित निकायले छानबिन गरेपछि मात्र थाहा हुन्छ ।’

    यसअघि ०७८/७९ मा जयसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा उनलाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केही समयअघि मात्रै सो मुद्दामा उनलाई सफाइ दिइएको भए तापनि उनीविरुद्ध अहिले पनि अख्तियारले १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको सिम्रौनगढ नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराले यस घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षकले जिल्ला प्रहरी कार्यालयमा कर्मचारीले सरकारी किर्ते कागजात बनाएको भनेर निबेदन आएको हुँदा प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

    लामो समयबाट आन्तरिक विवादका कारण प्रमुख प्रशासकीयविहीन अवस्थामा रहेको यस पालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउँदा भएको विवादका कारण गोली चल्दा एकजनाको मृत्युसमेत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑