वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ स्थित श्री सुरजी देवी माध्यमिक विद्यालय मुर्लीमा कक्षा ९ र १० का छात्र-छात्रालाई लागुऔषध तथा ओसारपसार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले गरेको थियो।
प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक प्रहरी नायव निरीक्षक स्प्रलि देवकोटा हुनुहुन्थ्यो। उहाँले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहँदै आएका अनुभवका आधारमा विद्यार्थीहरुलाई लागुऔषध र यसको ओसारपसारबाट हुने जोखिम, त्यसका कानुनी पक्षहरू, र यसका रोकथामका उपायहरूको बारेमा जानकारी दिनुभयो।
कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रहरी असई रामनारायण मिश्र हुनुहुन्थ्यो। कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधान (दिलिप) को अध्यक्षता थियो। यस प्रशिक्षणमा विद्यालयका शिक्षक-शिक्षिका, प्रहरी कर्मचारी लगायत करिब सय जनाको सहभागिता थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरुमा लागुऔषध दुव्र्यसन विरुद्ध चेतना फैलाउनु तथा यसका कानुनी र सामाजिक प्रभावबारे सचेत गराउनु थियो। यो कार्यक्रम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएकोले यसले समाजमा प्रहरी र समुदायबीचको सम्बन्धलाई अझै बलियो बनाउने विश्वास लिइएको छ।
सामुदाय प्रहरी साझेदारी अन्तरगअत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र मुर्ली श्रीपुर को आयोजना मा ब्र्हम्ह चौक स्थित श्री सुरजी देवी माध्यमिक विद्यालयमा लाघुऔसध सम्न्धित जन चेत्ना मुलक कार्यक्रम सम्पन्न भएको हो ।