• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित

  • वीरगंज संजाल
  • ११ असार २०८१, सोमबार १५:५४
  • ९५३

    बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी नभएपछि नगरसभा स्थगित गरिएको छ। नगरसभामा १२५ जना सदस्य मध्ये ४५ जना मात्रै उपस्थित भएकाले गणपुरक संख्या नपुगेको हो।

    नगरसभामा उपस्थित नभएका एमालेका कार्यपालिका सदस्यहरुले नगर प्रमुख राजन पौडेलले वडाको बजेट मनपरी ढंगले विनियोजन गरेको आरोप लगाएका छन्। जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको छ । नगर प्रमुखले नीति, कार्यक्रम तथा बजेटमा आफूखुशी गरेको भन्दै एमालेका वडा अध्यक्षहरु असन्तुष्ट छन्। यसपटक २४ वटा वडाका लागि २८ करोड ३२ लाख रुपैयाँ मात्रै छुट्याइएकोले उनीहरु असन्तुष्ट भएका हुन्।

    नगरसभामा एमालेका उपप्रमुख भोला अधिकारीसहित अन्य कार्यपालिका सदस्यहरु उपस्थित भए पनि शान्तिपूर्ण रूपमा बस्न नसकी होहल्ला गरेका थिए। बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा २ बजेतिर एमालेका सदस्यहरु दलबलसहित पुगेका थिए। वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले नगरसभा सदस्य बाहेकका व्यक्तिहरु ल्याई विवाद गरेको आरोप पनि लागेको छ।

    प्रशासकीय अधिकृत चेतकुमार पोखरेलका अनुसार नगरसभा स्थगित गर्नुको कारण गणपुरक संख्या नपुग्नु हो। उनले भने, ‘एमालेका जनप्रतिनिधि ढिलो आउनुभयो, आएपछि पनि शान्तसँग बस्नुभएन, होहल्ला गर्न थाल्नुभयो, वडा अध्यक्षले आसेपासे समेत लिएर आउनुभयो, कुर्सीमा लात हान्नेसम्मको क्रियाकलाप भयो। नगरसभामा आएर पनि उपस्थितिमा हस्ताक्षर गर्नुभएन, त्यसैले गणपुरक संख्या पुगेन।’

    जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा सञ्चालन नियमावली, २०७५ अनुसार पहिलो पटक आह्वान गरिएको नगरसभामा सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ। गणपुरक संख्या नपुगेमा तीन दिन भित्र अर्को बैठकका लागि सूचित गर्नुपर्ने र त्यसमा पनि गणपुरक संख्या नपुगेमा दुई दिनभित्र नगर सभा बस्नेगरी सूचना जारी गर्नुपर्ने व्यवस्था छ। यदि फेरि पनि गणपुरक संख्या नपुगेमा कम्तीमा २५ प्रतिशत सदस्यहरुको उपस्थितिमा नगरसभा बस्न सकिने नियमावलीमा उल्लेख छ।

    वडा नं. २० का वडा अध्यक्ष रसुल मियाँले अझैसम्म पदभार ग्रहण गर्न नपाएको र नगर प्रमुख पौडेलले समन्वय नगरिदिएको आरोप पनि एमालेका तर्फबाट लगाइएको छ। उपप्रमुख भोला अधिकारीले तयारी गर्नुपर्ने कुराहरु नगरिएकोले कार्यसम्पादनमा समस्या भएको बताए।

    नगर प्रमुख राजन पौडेलले भने गणपुरक संख्या नपुगेकोले नगरसभा स्थगित गर्नुपरेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑