वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा फेरी आगलागी भएको छ । आदर्शनगरस्थित भाउरतन अगाडी आगलागी भएको हो । आज बिहान भएको आगलागीबाट पोलमा रहेको तरपूर्ण रुपमा जलेर क्षती भएको छ ।
आगोलाई वीरगञ्ज महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । उनकाअनुसार आगलागीबाट पोलमा रहेको तरपूर्ण रुपमा जलेर क्षती भएको छ ।
यद्यपी विद्युत सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय घरघरमा विद्युतको खपत अत्यधिक बढेको छ । वीरगञ्जमा मात्रै एक वर्षमा ब्लु स्टार कम्पनीले एक हजार भन्दा बढी एसी बिक्रि गरेको तथ्यले विद्युतको खपत बृद्धि भएको प्रमाणित हुन्छ । एउटा कम्पनीको यति धेरै बिक्रि हुन्छ भने अन्य कम्पनीका पनि सोही संख्याको हाराहारीमा हुने गरेको छ ।
विद्युतको भोल्टेज कम छ, तर खपत दिनप्रतिदिन बढ्दै जानुले यस्ता जोखिम आगामी दिनमा पनि निम्तिन सक्नेमा स्थानीय शशीकान्त सर्राफले चिन्ता व्यक्त गरे । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको लापरवाही भएको उनको आरोप छ । प्राधिकरणले सुरक्षित ढंगले विद्युतीय तार तथा ट्रान्सफर्मर नराख्दा जोखिम बढ्दै गएको छ ।