• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज महानगरपालिकाले ‘वैभव वीरगन्ज’ परिकल्पनालाई मूर्त रुप दिने लक्ष्य सहित बजेट प्रस्तुत

  • वीरगंज संजाल
  • ९ असार २०८१, शनिबार १७:२१
  • १८०५

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट ल्याएको छ। शनिबार आयोजित महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले उक्त बजेट प्रस्तुत गरेका हुन्।

    चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ६२ करोड घटाएर बजेट ल्याइएको हो। चालु आर्थिक वर्षमा महानगरको बजेट ३ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा, यस अघिको आर्थिक वर्ष २०७९/८० का लागि भने ३ अर्ब ३३ करोड ६३ लाख २ हजारको बजेट रहेको थियो। आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत र पूँजीगत खर्चतर्फ ८१ करोड १८ लाख अर्थात २८ प्रतिशत बजेट विनियोजन गरिएको छ।
    महानगरपालिकाले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरेको छ।

    नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए। यस्तै प्रदेश सरकारबाट सशर्त अनुदान र विशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजस्व परिचालन लक्ष्य अनुरुप हुन नसक्दा पनि काम गर्न कठिनाइ आएको आलमले बताए।

    चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भएपनि आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विशेष कार्यक्रमहरू समेटिएको मेयर राजेशमान सिंहले बताए।

    ‘वैभव वीरगन्ज’ परिकल्पनाको प्रतिबद्धता

    वीरगन्ज महानगरपालिकाले ‘वैभव वीरगन्ज’ परिकल्पनालाई साकार पार्ने गरि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबारबाट सुरु भएको महानगरको १५ औँ नगरसभामा मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि महानगरले लिने नीति तथा कार्यक्रम प्रस्तुत गरे। मेयर सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगन्ज निर्माण गर्ने संकल्प रहेको र समस्त वीरगन्जवासीको चाहनाअनुसार वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने उल्लेख छ।

    प्रस्तुत नीति कार्यक्रमको कार्यान्वयनले स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगन्ज शहरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रूपमा वीरगन्जलाई विकसित गर्ने कार्यमा सघाउ पुर्याउने विश्वास लिएको पनि मेयर सिंहले बताए।

    धार्मिक र पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धन

    महानगरपालिकाले आगामी आर्थिक वर्षमा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू बिन्दवासिनीमाई मन्दिर, पिपराको नृसिङ्ग मन्दिर र भुटनदेवी मन्दिरको निर्माण कार्य अगाडि बढाउने तथा अन्य मठ मन्दिरहरूको आवश्यकता अनुसार पुनःनिर्माण र सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। पर्यटन प्रवर्द्धन र आन्तरिक आय वृद्धिका लागि वीरगन्ज १७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनिक हरित पार्क सहितको ताल निर्माण गर्ने, वीरगन्ज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारी र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाउने जस्ता कार्यलाई प्राथमिकता नीति तथा कार्यक्रममा दिइएको छ।

    स्वच्छता र आधारभूत सेवाहरूको व्यवस्थापन

    वीरगन्जलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था आगामी आर्थिक वर्षबाट लागू गरिने पनि उल्लेख छ। बढ्दो खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाइन विस्तारलाई प्राथमिकता दिँदै यहाँ रहेका पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति महानगरपालिकाले लिएको छ।

    महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासनिक अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरू र कर्मचारीहरूको सहभागितामा नगरसभा सम्पन्न भएको छ।

    यसरी, वीरगन्ज महानगरपालिकाले बजेटको आकार घटेर आएता पनि ‘वैभव वीरगन्ज’ को परिकल्पनालाई मूर्त रूप दिन आवश्यक नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको लागि तयारी गरिरहेको छ। वीरगन्जवासीको चाहनालाई सम्बोधन गर्दै महानगरपालिकाले आगामी वर्षमा सुन्दर, स्वच्छ र समृद्ध वीरगन्जको निर्माण गर्ने दृढता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑