राजन कुमार बानिया पर्साको कालिकामाई गाउँपालिका वडा नं ३ मा रहेको जय गुरुदेव एकाडेमी ले आयोजना गरेको सम्मान तथा लागू औषध दुर्वशनी
सम्बन्धित जन चेतना मुलक कार्यक्रम आज जय गुरुदेव एकाडेमीको प्राङ्गणमा सम्पन भएको छ ! कार्यक्रम को प्रमुख अतिथि रहनु भएका सशस्त्रप्रहरी बल पोखरिया का सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममनि अधिकारी को अतिथ्य्मा भएको कार्यक्रम मा बिधालय का बाल बालिका हरु लाई लागू औषध को दुर्व्शनी बाट बचाउन को लागि शिक्षक र अभिभावकहरुको अहम भुमिका राखनु पर्ने मा जोड दिनु भएको छ !
समय मा आ आफ्ना बाल बालिका र बिधलय का बिधार्थी हरु लाई लागु औषध दुर्वशनी बाट जोगाउन समय समय मा हेरचाह गर्न आग्रह समेत गर्नु भएको छ ! अहिले बिषेश गरि साना उमेर का बालबालिका हरु लागु अौषध दुर्वसनी को लत मा परेको देखिएको छ। साना उमेर मा लागु अौषध गाँजा, चरेस भांग ,ईनजेक्सन , चुरोट जस्ता नसालु पदार्थ को लत लागेको देखिए छ।
यस कुलत बाट बचन , बचाउन, अबिभावक र बिधालय का शिक्षक हरु ले बिषेश निगरानी गर्नु पर्ने भएको ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी नायब निरिक्षक राजाराम यादव ले बताए । साथै कार्यक्रम बिधालय का उत्कृष्ट छात्र छात्रा हरु लाई खादा बैच र अबिर लगाइ सम्मानित गर्नु भएको छ! कार्यक्रम मा प्रधानाध्यापक हितेश राना थापा, सशस्त्र प्रहरी सहाय निरिक्षक बिरेन्द्र यादव, सुजित गिरी ,आकाश एफएम को प्रबन्धक निर्देशक पत्रकार लालबाबु बानिया, बिकास पटेल, रामबिश्वास चौधरी , शनि पटेल, लगायत बिधालय का सम्पुर्ण शिक्षक शिक्षिका र बिधार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रम मा बिधालय का छात्र,छात्रा हरु ले सास्कृतिक प्रदर्शन गर्नु भएको थियो।