वीरगंज | नेपाल नेत्रज्योति संघ रामकुमार महाबिर प्रसाद केडिया अाँखा अस्पताल परवानीपुर बिरगंजको शाखा अाज पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा सर्जिकल सेन्टरको उद्घाटन भएको छ। अब अाफ्नै गाउँ ठाउँ भिस्वामा रहेको केडिया अाँखा अस्पतालको शाखामा शल्यक्रिया हुने अायोजक संस्थाका सभापति एव केडिया अाँखा अस्पतालका अध्यक्ष राजेश कुमार केडियाले बताए ।
नेपाल नेत्रज्योति संघ रामकुमार महाबिर प्रसाद केडिया अाँखा अस्पताल द्वारा संचालित भिस्वा अाँखा उपचार केन्द्र लाई सेवा फाउन्डेसन नेपालको अार्थिक सहयोगमा स्तरोन्नति गरिकोमा अाज सर्जिकल सेन्टरको उद्घाटन गर्दै भने तपाई हरुले सपना सुन्नु भएको थियो कि यहा केडिया अाँखा अस्पतालको शाखा होस भने मेरो पनी घर परिवारले सपना सुन्नु भएको थियो कि राम्रो अाँखा अस्पताल होस तर बिरगंज र नेपालका सम्पुर्ण जनसमुदाय र प्रसाशनको सहयोग बाट पाँच बेड देखि सुरु गरेको अाँखा अस्पताल अहिले सयौमा पुगेक छ। तपाई हरुको सहयोगले केडिया अाँखा अस्पताल पचास वर्षमा प्रबेश गरेको छ । भिस्वा शाखामा सुरु भएको शल्यक्रिया बाट नेपाल भारतको जनता हरुलाई सहज र सजिलो साथै पैसाको पनी बचत हुने अध्यक्ष केडियाले बताए ।
अाँखाको बिरामी हरुले जुन हिसाबमा अाउछ त्यही हिसाबमा शाखा कोबिस्तार बढछ। महिनाको पाँच अाँखा वटा बिरामी अाएमा पन्द्र दिनमा अाँखाको अप्रेसन हुन्छ। दश भन्दा बढि अाएमा सात दिनमा अप्रेसन हुन्छ। यदी बढि अाँखाको बिरामी चाप बढेपछी शाखामा डाक्टर राखेर प्रतेक दिन अप्रेसन हुने अध्यक्ष केडियाले बताए । यसलाई संचालनमा स्थानिय हरुको सहयोगको साथै स्थानिय तहको पनी सहयोग जरुरी रहेको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लिलावती देबी, बिशिस्ट अतिथि प्रमुख प्रसाशकिय अधिकृत शनि कुमार साह, वडाअध्यक्ष मौजीलाल साह कानु, दिपेन्द्र सिंह,रामेश्वर महतो लगायत जनप्रतिनिधि हरुले केडिया अाँखा अस्पतालको सर्जिकल सेन्टर लाई सकदो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छजनप्रतिनिधि हरुले भने यस शाखा बाट हाम्रो गाउँपालिका भरिको जनसमुदाय लाई सहयोग पुगने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बशिष्ट नारायण पटेलले भने यो अाँखा उपचार केन्द्रको शाखा बाट यसक्षेत्रका मात्र होईन नेपाल भारतका जनता हरुले लाभ लिने बताए । यहा बाट अाँखाको चेकजाँच र अप्रेसन गराउन केडिया लगायत अाँखा अस्पताल हरुमा पुगन घन्टौ समय लागने गर्छ तर भिस्वा शाखामा पुगन समयको पनी बचत र पैसाको पनी बचत हुने नेता पटेलले बताए । साथै केडिया परिवार र शाखाको लागी भवन उपलब्ध गराउने हनिफ मियाँ लाई समेत धन्यवाद दिनु भएको थियो।
कार्यक्रममा भारत सिमावर्ती सिकटाका मुखिया राजन चौरसिया, रास्ट्रिय जनता दल युनाइटेड का जिल्ला सचिव मदन पटेलले नेपाल भारतको सम्बन्ध प्रगाढ रहने बताए । अाँखा अस्पतालको शाखा भिस्वामा हाम्रो पनी पुर्णरुपले सहयोग रहने प्रतिबद्धता गर्नु भएको थियो।कार्यक्रममा नेता किसोरी साह कानु, नेत्र ज्योतीसंघका श्याम कुमार पोख्रेल ,डाक्टर नितिन तुल्सयान, डाक्टर संतोष साह,भागवती चौधरी,प्रफुल श्रेष्ठ ,केडिया अाँखा अस्पतालको डाईरक्टर प्रकास कुमार लगायतको सहभागिता रहेको थियोे । राजन कुमार बानिया