• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती

  • वीरगंज संजाल
  • ७ असार २०८१, बिहीबार ११:२५
  • ८९७

    वीरगंज | वीरगन्जका बजारमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री भइरहेको पाइएको छ। मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ कार्बाइड हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको बजार व्यवस्थापन समितिका पदाधिकारीहरुद्वारा अनुगमन गर्ने क्रममा भेटिएको छ।

    वीरगञ्ज महानगरपालिकाको बजार व्यवस्थापन समितिको संयोजक तथा उपप्रमुख इम्तियाज आलमको निर्देशनमा शुक्रबार फलफूलको थोक पसलमा अनुगमन गरिएको थियो।

    वडा ८ गहवा रेल्वेरोडस्थित शंकरमोच फुट ट्रेडर्समा अनुगमन गर्ने क्रममा आँपमा विषादी प्रयोग भएकाले आइन्दा त्यस्तो विषादीयुक्त आँप तथा फलफूल बिक्री वितरण नगर्न र गरेको पाइए कानुनी कारबाही गरिने निर्देशन दिइएको छ। साथै मूल्यसूची अपडेट नरहेकाले सबैले देख्ने गरी मूल्यसूची राख्न पनि बजार अनुगमनको टोलीले निर्देशन दिएको छ।

    यसैगरी, वीरगन्ज रेल्वेरोडस्थित चाँदनी फुट ट्रेडर्समा पनि टोलीले अनुगमन गर्ने क्रममा वीरगन्ज महानगर पालिकाको व्यवसाय प्रमाणपत्र नलिएकाले ३ दिनभित्र व्यवसाय प्रमाणपत्र लिन र कार्बाइट विषादी प्रयोग गरेको आँप तथा फलफूल बिक्री वितरण गरेकाले अब बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही गरिने खाद्य अनुसन्धान अधिकृत विपिनकुमार लाल दासले बताए।

    अनुगमनमा वीरगञ्ज महानगरपालिकाका उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजितकुमार भुजेल, गुणस्तर तथा नाप तौल कार्यालयका सुशान्त चौधरी, आनन्द गुप्ता, सन्दिपकुमार चौधरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका मधुरेशप्रसाद साह, वीरगन्ज उद्योग वाणिज्य संघका मनोजकुमार दास, घरेलुु तथा साना उद्योग वीरगन्जका सन्जय महतो, प्रहरी सहायक निरीक्षक वृजकिशोर यादव, सशस्त्र प्रहरी हबल्दार शशी देवकोटा, वीरगन्ज महानगरपालिकाका नगर प्रहरीहरुको समेत सहभागिता रहेको थियो।

    विषादी हालेर पकाइएका आँप खाँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकले बताएका छन्। बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने डा. अशोक दासले बताए। ‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ’, डा दासले भने, ‘औषधि हालेर जबर्जस्ती पकाइएको आँपले गर्मीमा थप समस्या पार्छ।’

    चिकित्सकले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रूपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑