वीरगंज | प्रहरी जवान गोलेले आफ्नो साथमा रहेको राइफलबाट आफ्नै निधारमा गोली प्रहार गरेकाे काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेकाे भनाइ
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
उनकाे शव आज बिहान ८ बजे शौचालयमा गोली लागेको अवस्थामा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताए । प्रहरी जवान गोलेले आफ्नो साथमा रहेको राइफलबाट निधारमा गोली प्रहार गरेको रजौरेले बताए ।
नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत उनी ०७८ मा भर्ना भएका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।