• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ९४ करोड बढी ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

  • वीरगंज संजाल
  • ३ असार २०८१, आईतवार १५:११
  • १४७७

    वीरगंज | कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन्।

    ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

    पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो।

    प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापासहित चार जनालाई सार्वजनिक गरेको हो।

    ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय ४७ वर्षीय सञ्जय सापकोटा पनि पक्राउ परेका छन्।

    सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्ने उजुरी सहकारी विभाग नयाँ बानेश्वरमा परेको थियो।

    विभागले गत असोज २५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो।

    ब्युरोले अनुसन्धानका लागि मंसिर २६ गते जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो। अनुसन्धान गरी परिसरले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन्। उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन्।

    जसबाट ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप उनीहरूमाथि छ।

    सहकारीमा दुई अर्ब ८० करोडको निक्षेप रहेको एसएसपी भट्टराईले बताए।

    पक्राउ परेका अध्यक्ष थापा र राजकर्णिकार लामो समयसम्म फरार भएपछि पीडितहरूले उनीहरूको तस्बिर राखेर विभिन्न ठाउँमा सूचना टाँसेका थिए।

    उनीहरूले फ्लेक्समा भएका व्यक्तिहरूलाई कतै देखिएमा १०० मा सम्पर्क गरी जानकारी गराउन भनेर अनुरोध गरिएको थियो।

    पक्राउ परेका थापा दुई वटा बैंकिङ कसुरमा कारबाहीमा परेको र तीन वटा कसुरमा फरार रहेको प्रहरीले जनाएको छ।

    २०७९ चैत ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा कारबाहीमा परेका थिए। त्यतिबेला उनीविरूद्ध २६ लाख ६६ हजार ६६६ रुपैयाँ ठगेको आरोप थियो। २०८० वैशाख २९ गते पनि उनी कारबाहीमा परेका थिए। यस्तै प्रकृतिको तीन वटामा भने फरार रहेका थिए।

    उनी १७ वर्षको उमेरदेखि नै सहकारीमा सहभागी भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

    प्रहरीको अनुसन्धानबाट उनी झन्डै एक दर्जन कम्पनीमा अध्यक्ष रहेको देखिन्छ।

    २०५६ सालमा उनी कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य थिए। २०६० सालदेखि उनी निरन्तर उक्त सहकारीका कार्यकारी अध्यक्ष हुँदै आएका थिए।

    त्यसैगरी २०६६ सालदेखि उनी समिट अस्पताल र कृषि इन्भेष्टमेन्ट प्रालि ललितपुरका अध्यक्ष छन्।

    उनी अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेशन उद्योग र कृषि फ्रेस फ्रालिमा २०७० साल देखि र २०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष छन्। कृषि फ्रेस प्रालिको काठमाडौं उपत्यकामा १४ वटा स्थानमा मार्ट र बिक्री केन्द्र छन्।

    २०७१ सालदेखि इन्टेन्सिभ मल्टिप्रपोज एग्रकल्चर कम्नी प्रालि ललितपुर र २०७३ साल देखि उनी गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क), २०७४ सालदेखि यति हर्ब्स प्रालि र २०७६ सालदेखि यति टेक्निक प्रालिमा अध्यक्ष छन्।

    उनले साझा संसार मिडिया प्रालि लिमिटेडको आइडी कार्डमा अर्कै व्यक्तिको नाममा आफ्नो फोटो राखेर हिँडेको पाइएको छ। ‘कसैले तेजबिक्रम भनेर चिने आइडी कार्ड देखाएर झुक्याउनका लागि उनले यसरी अर्कै व्यक्तिको नाम राखेको पायौं,’ एसएसपी भट्टराईले भने।

    पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑