• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आगामी आर्थिक वर्ष २०८१/०८२ मधेश प्रदेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार

  • वीरगंज संजाल
  • ३ असार २०८१, आईतवार १२:१४
  • १२२९

    वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मधेश प्रदेशको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट बिनियोजन गरिएको छ ।

    मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले चालु खर्च तर्फ १६ अर्ब, ७ लाख १ हजार र पूँजीगत खर्च तर्फ २७ अर्ब ८९ करोड, १४ लाख ६९ हजार रकम बिनियोजन गरेका छन् ।पूँजीगत तर्फ कुल बजेटको ६३ दशमलव ५५ प्रतिशत रहेको छ ।

    चालु आर्थिक वर्षको कुल बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रहेको थियो । तर आगामी आर्थिक वर्षमा संघीय सरकारले अनुदान कटौती गरेपछि बजेटको आकार घटेको अर्थमन्त्री साहले जनाए । प्रदेश सरकारले पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । भौतिक पूर्वाधार विकास निर्माण मन्त्रालयका लागि सर्वाधिक बजेट बिनियोजन गरिएको छ ।

    भौतिक मन्त्रालयका लागि कुल १३ अर्ब, ११ करोड, ५२ लाख ७४ हजार रकम बिनियोजन गरिएको मन्त्री साहले जनाए । सबै भन्दा कम बजेट गृह, सञ्चार तथा कानुन मन्त्रालयका लागि बिनियोजन गरिएको छ । गृहमन्त्रालयका लागि ७७ करोड ५७ लाख ४ हजार मात्र विनियोजन गरिएको छ । त्यस मध्ये १२ करोड मधेश प्रदेश प्रहरीको प्रशासनिक भवन निर्माण र ८ करोड बारुणयन्त्र खरिदका लागि बिनियोजन गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ५ अर्ब, २१ करोड, ६५ लाख ६ हजार बिनियोजन गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न लागेको एमबीबीएस, बीडीएस लगायत स्नातक स्तरको अध्ययन अध्यापनका लागि विशेष बजेटको व्यवस्था गरिएको अर्थमन्त्री साहले बताएका छन् ।

    मधेश प्रदेश सरकारले उर्जा, सिँचाई तथा खानेपानी तर्फ ५ अर्ब १७ करोड, ९६ लाख ४२ हजार बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा २ करोड चार्जिंग स्टेशनमा लगानी गरिने अर्थमन्त्री साहले जनाएका छन् । तर शिक्षामा बजेट कम गरिएको छ । शिक्षा तर्फ २ अर्ब ९० करोड, ५१ लाख ७६ हजार मात्र रहेको छ । जनमत पार्टीले शिक्षामा जोड दिदै आएको छ ।

    शिक्षा मन्त्रालय एमालेको भागमा रहेको छ । बजेटमा मधेश विश्वविद्यालय वीरगञ्ज र मधेश कृषि विश्वविद्यालय राजविराजको नाम उल्लेख गरिएको छैन् । तर नमुना विद्यालय, मधेश प्रदेश संस्कृति प्रतिष्ठान र मधेश भाषाका लागि बजेट बिनियोजन गरिएको छ । जनमत पार्टीले मधेश प्रदेशको भाषा ‘मधेश भाषा’ हुनुपर्नेमा जोडदिँदै आएको छ ।

    मधेशमा बोलिने भाषा मधेश भाषा रहेको जनमत पार्टीको कथन छ । कृषिलाई सरकारले प्राथमिकतामा राखेको छ । एक पालिका एक उत्पादनमा सरकारले जोड दिएको छ । आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयको कुल बजेट २ अर्ब ७९ करोड १९ लाख रहेको छ । कृषिलाई सरकारले मधेश प्रदेशको प्रगतिको मुख्य क्षेत्र मानेको छ ।

    सरकारले कृषि सडक, कृषी लाइब्रेरी, बीउ बिजन लगायतलाई प्राथमिकतामा राखेको छ । पशुको नश्ल सुधारका लागि सरकारले बजेट बिनियोजन गरेको छ । अर्थ मन्त्री भरतप्रसाद साहले चुरे संरक्षण, पानी र पर्यावरण जोगाउन बजेटमा विशेष जोड दिएका छन् ।

    उनले वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब, ४२ करोड, ४० लाख, २५ हजार रुपैया बजेट बिनियोजन गरेको छ । त्यसैगरि सरकारले आर्थिक वर्ष २०८१/०८२ मा पर्यटन प्रबद्र्धन गर्न पनि जोड दिएको छ । जानकी सर्किट लगायतका अन्य ४ वटा धार्मिक, सांस्कृतिक सर्किट निर्माण गरी मधेश प्रदेशको आठवटै जिल्लाका पर्यटकीय स्थलहरुलाई जोड्ने बजेटमा उल्लेख गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको पोखरीहरुको सौन्दर्यकरणमा प्रदेश सरकारले जोड दिएको छ ।

    उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि २ अर्ब ९८ करोड, ५८ लाख २२ हजार रुपैयाँ बिनियोजन गरिएको छ । खेलकुद तथा सामाजिक मन्त्रालयका लागि सरकारले १ अर्ब ९५ करोड ८३ लाख ४६ हजार बजेट बिनियोजन गरिएको छ । बजेटमा जनमत लगायतका बिभिन्न दलहरु सम्बद्ध गैह्रसरकारी संस्थाहरु(एनजीओ) हरुको नाम उल्लेख गरी बजेट बिनियोजन गरिएको छ ।

    सरकारले श्रम तथा यातायात मन्त्रालयका लािग ९९ करोड ९७ लाख ४८ हजार बजेट बिनियोजन गरिएको छ । सरकारले सीपमूलक तालिम र शिक्षामा जोड दिएको छ । अर्थमन्त्री साहले बजेट वाचन गर्न झण्डै १ घण्टा समय लिएका थिए । बजेट निर्धारित समय भन्दा पौने ४ घण्टा ढिलोगरि राती पौने ८ बजे प्रस्तुत भएको थियो ।

    अर्थ मन्त्री साहले बजेट प्रस्तुत गरेपछि केही समयका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।त्यसपछि अर्थमन्त्री साहले आर्थिक वर्ष २०८१÷०८२ लागि आर्थिक ऐन प्रस्तुत गरेका थिए ।प्रदेश सभाले सो ऐन पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑