वीरगन्ज । राजेन्द्र सिंह । रेडियो कार्यक्रम क्वीज आवरले बिभिन्न स्थानका श्रोतालाई जोड्दै सामाजिक एकता कायम गरेको अधिवक्ता प्रकाश उपाध्यायले बताएका छन्। शनिबार पब्लिक ब्रोडकाष्टिङग नेटवर्कद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यायले समाज अहिले बिभिन्न समूहमा विभाजित हुँदै गएको र यसलाई जोड्ने माध्यमको रूपमा क्वीज आवरले महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा बोल्दै उपाध्यायले सामाजिक दुरी कम गर्न र समुदायलाई एक ठाउँमा ल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान दिने विश्वास व्यक्त गरे। साथै, उनले आगामी दिनमा बिद्यार्थीहरु लोक सेवा आयोगमा सहभागी हुने संकल्प यस प्रकारका कार्यक्रमले बढाउने भएकाले यसलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिए।
कार्यक्रममा नवदिप एकेडेमीकी संचालिका शुशिला साहले क्वीज आवर सबैको साझा कार्यक्रम बन्दै गएकोमा खुशी व्यक्त गरिन्। कार्यक्रममा विभिन्न शैक्षिक र सामाजिक संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। काब्या एकेडेमीका निर्देशक हरिन्द्र कुशवाहा, शान्ति निकेतन विद्यालयका संस्थापक नागेन्द्र सिंह, संकल्प लोक सेवा आयोगका संस्थापक अशोक साह, बान हब पोखरीयाका संचालक निरञ्जन साह, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, अधिवक्ता चन्द्रीका पटेल, सामाजिक अभियन्ता कन्हैया पटेल, पत्रकार दिनेश मिश्र र मनोज कुमार मिश्र लगायतका अतिथिहरू कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा १६ जना बिजेतालाई अतिथिहरूको हातबाट पुरस्कार वितरण गरिएको थियो। सो कार्यक्रममा प्रमुख अतिथिहरूले पुरस्कार वितरण गर्नुका साथै कार्यक्रमको महत्व र यसले समाजमा ल्याएको सकारात्मक परिवर्तनको चर्चा गरे। सहजिकरण राजेन्द्र सिंह राजपुतले गरेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई सुव्यवस्थित र आकर्षक बनाएका थिए।
क्वीज आवर कार्यक्रमले बिभिन्न स्थानका श्रोतालाई एकसाथ जोड्दै सामाजिक, शैक्षिक, र सांस्कृतिक एकता कायम गर्न सफल भएकोले यसको प्रभाव सकारात्मक देखिएको छ। यसले समाजमा रहेका विभिन्न समूहहरूलाई एकतामा बाँध्न र सहकार्यको भावना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सोच र सहयोगको भावना फैलाउने उद्देश्य राखेको छ, जसले गर्दा समाजमा समृद्धि र विकासको मार्गप्रशस्त गर्न सहयोग पुर्याउँछ।