आज:
  • होमपेज / Breaking News

    वैदेशीक रोजगारीमा गएका १ सय १६ जना ठगीमा परे

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८१, बिहीबार १२:५४
  • २०२९

    वीरगन्ज | वैदेशीक रोजगारीका लागि पर्साबाट तेश्रो मुलुकमा गएकामध्ये ११६ जना ठगीमा परेका छन् ।गत आर्थिक बर्षा २०७९/८० मा पर्साबाट वैदेशीक रोजगारीका लागि विभिन्न खाडी मुलुकमा गएका मध्ये ११६ जना ठगीमा परेका हुन् ।

    वीरगन्जमा बुधबार दिव्य विकास श्रोत केन्द्र पर्साले आयोजना गरेको सुरक्षित आाप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशीक रोजगार विषयक नागरिक समाजसंग अन्तरकृया कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।कार्यक्रम संयोजक रामाशंकर कुशवाहाले एक बर्षमा ११६ जना ठगीमा परेको जानकारी गराउँदै तीमध्ये आफनो संस्थाले २३ जनालाई न्याय दिलाउन सफल भएको जानकारीपनि गराए ।

    उनका अनुसार, वैदशीक रोजगारीमा जानेहरु अधिकांश कामदार एजेन्टबाट ठगीने गरेका छन् ।रोजगारीका लागि विदेश गएकाहरुले गन्तव्य मुलुकमा पुगेपछि एजेन्टले भनेर पठाए अनुसाारको काम र पारिश्रमिक नपाउने,कामै नपाएर विदेशमा अलपत्र पर्ने ,एजेन्टले विभिन्न प्रलोभन दिएर कामदारलाई भिजि भिसामा पठाउने र गन्ततव्य मुलु्कमा पुगेपछि कामै नपाएर अलपत्र पर्ने,नेपाल सरकारले तोके अनुसारको भन्दा बढी खर्च तिर्न बाध्य हुने जस्ता समस्याहरु भोग्ने गरेका छन् । यस्तैै गन्तव्य मुलुकमा पुगेर कामको शिलिशिलामा दुर्घटनामा परी मृत्यु वा अंगभंग हुदाँ त्यसको क्षतिपुर्तिसमेत परिवारले नपाउने गरेका समस्यापनि रहेको कुशवाहाले जानकारी दिए ।

    कुशवाहाले श्रम स्विकृति लिएर आफ्नै देशको विमानस्थलबाट मात्र गएको खण्डमा भने ठगिने सम्भावना कम हुनेपनि बताए ।श्रम स्वीकृत लिएर जाँदा विदेशमा कुनै समस्या वा दुर्घटनामा परेपनि त्यसको जवाफदेही सरकार हुने भएकाले ।श्रम स्वीकृत लिएर मात्रै वैदेशीक रोजगारीमा जानुपर्ने उनले सुझाव ।

    कार्यक्रममा गत आर्थिक बर्षमा मात्रै पर्साको वीरगन्ज महानगरपालिकाबाट १ हजार ५ सय ४१ जना वैदेशीक रोजगारीमा गएको जानकारी गराइएको थियो । उनिहरुबाट एक बर्षमा रेमिटेन्स(विप्रेषाण) बापत ५७ करोड ५० लाख रुपैया नेपाल भित्रिएको जानकारी कुशवाहाले गराए ।

    यस्तै पर्साकै ठोरी गाँउपालिकाबाट गत बर्ष वैदेशीक रोजगारीमा १ हजार १५९ जना गएको र उनिहरुबाट रेमिटेन्स बापत ४४ करोड १३ लाख रुपैयाँ , पर्सागढी नगरपालिकाबाट वैदेशीक रोजगारीमा ८ सय ३६ जना गएकोमा उनिहरुबाट १३ करोड ३६६ लाख रुपैया र सखुवा प्रसौनी गाँउपालिकाबाट गत बर्ष वैदेशीक रोजगारीमा ५ सय ३० जना गएको र उनिहरुबाट २८८ करोड ६२ लाख रुपैयाँ रेमिटेन्स बापत भित्रिएको जानकारी कुशवाहाले दिए ।

    गत आर्थिक बर्षमा मधेस प्रदेशबाट मात्रैै १ लाख ८१ हजार ६१३ जना श्रम स्वीकृत लिएर वैदेशीक रोजगारीमा गएका छन् । यस्तै गत आर्थिक बर्षमै मधेस प्रदेशबाट वैदेशीक रोजगारीमा गएकामध्ये १ हजार २ सय ५१ जनाको विदेशमा विभिन्न घटना÷दुर्घटनामा परेर मृत्यु भएको जानकारीपनि कार्यक्रममा गराइएको थियो ।

    दिव्य बिकास स्रोत केन्द्र पर्र्साका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उप–प्रमुख पुरन पटेल, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष चन्देश चौहान,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, समाजिक अभियान्ता प्रकाश थारु लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्रका सुनिल कुमार पटेलले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑