वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विश्व हिन्दू संस्कृत बिद्यापिठ बिद्यालयको अनुगमन गर्नुभएको छ ।
वीरगञ्ज वडा नम्बर १५ लक्षमनवामा रहेको बिद्यालयको अनुगमन गर्दै मेयर सिंहले पुर्वाधार निर्माणका कार्यहरु समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
राउण्ड टेवल ८ ले भौतिक संरचना देखि विद्यालयका अन्य सबै जिम्मेवारी लिएकोमा मेयर सिंह प्रशंसा गर्दै अगामी दिनमा यस बिद्यालयको स्तर उन्नतिको लागि महानगरले बिशेष पहल गर्ने बताए । अनुगमनको क्रममा मेयर सिंहले बिद्यार्थीहरुसंग पढाई सम्बन्धि बिबिध पक्षबारे भलाकुसारी गर्नुभएको थियो । सो अवसरमा बिद्यालयका शिक्षक, वडा अध्यक्ष लगायतको उपस्थिती थियो ।