• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अख्तियारमा स्थानीय तहका जनप्रतिनिधिविरुद्ध १७ हजार उजुरी

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०८१, बुधबार ११:४०
  • ९७३

    वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो ।

    अवैध ढंगले अकुत सम्पत्ति कमाएको आरोपमा गतवर्ष चैत २८ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनको प्रावधानअनुसार पदबाट स्वत: निलम्बित भएका थिए ।

    मंगलवार थापासहित ६ जनाले बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्को मुद्दा दर्ता गरेको हो । सोही अनियमिततामा उक्त नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानविरुद्ध पनि मुद्दा चलाइएको छ । अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ ।

    चैत २८ गते आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरीकाले कमाएको दाबी गर्दै बागमतीका मेयर उनै थापाविरुद्ध मुद्दा दायर गरेको थियो । थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार रुपैयाँ वैध तरीकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० लाख रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारले कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरीकाले आम्दानी गरेको भनेको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरीवाना, सजाय तथा सम्पत्ति जफत गर्न माग गरेको छ ।

    थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरीकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा समेत राखेको अख्तियारको दाबी छ । अख्तियारले सम्पत्ति जफत गर्न उनीहरूलाई पनि प्रतिवादी बनाएको छ ।

    अख्तियारले गत साता मात्रै राजस्व चुहावट गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरूले आव २०७५/७६ देखि २०७९/८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २८७ रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अभियोग अख्तियारले लगाएको छ ।

    विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राजस्व चुहावट गरी खानीजन्य पदार्थका रूपमा रहेका ढुंगागिट्टी बालुवासहितका वस्तु सरकारी दररेटभन्दा कममा ठेक्का लगाई हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको बताए । प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

    उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

    जनप्रतिनिधि मुछिएका यस्ता दर्जनौं उजुरीमा अख्तियारले अनुसन्धान गरिरहेको छ । अनुसन्धान सकिएपछि विशेष अदालतमा मासिक १०–१२ ओटा मुद्दा दायर गरिरहेको अख्तियारका अधिकारी बताउँछन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता नरहरि घिमिरेले एकपछि अर्को गर्दै स्थानीय तहका जनप्रतिनिधिमाथि ठूलो बिगोसहित मुद्दा चलाउनु परिरहेको बताए ।

    भ्रष्टाचार तथा अनियमितताका उजुरी ठूलो मात्रामा आइरहेको र ती उजुरीलाई अख्तियारले प्राथमिकताका साथ छानबिन गर्दै आएको घिमिरेले बताए । ‘जनप्रतिनिधि मुछिएका अहिलेका मुद्दाको प्रकृति हेर्दा उनीहरूले शक्तिको चरम दुरुपयोग गरिहेको र उजुरीहरू अझै बढ्न सक्ने देखिन्छ,’ उनले आर्थिक अभियानसँग भने ।

    खरीददेखि कृषि कार्यक्रम, ससाना ठेक्का, नदीजन्य पदार्थको उत्खनन, प्रतिवेदन बनाउने, सडक निर्माणजस्ता कार्यक्रममा जनप्रतिनिधिले आर्थिक अनियमितता गरेको अख्तियारको रिपोर्टले देखाउँछ ।

    खासगरी शक्तिको दुरुपयोग गर्दै अवैधानिक तरीकाले कमाएको, विधि मिचेर काम गरेको, राजस्व चुहावट गरेर राज्यलाई हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारमा ठूलो मात्रामा जनप्रतिनिधिमाथि हरेक दिनजसो उजुरी पर्ने गरेको छ ।

    अख्तियारका अनुसार चालू आवको हालसम्म स्थानीय तहका जनप्रतिनिधि जोडिएका करीब १७ हजार उजुरी परेका छन् । जम्मा उजुरी भने करीब ३३ हजार छ । यसले पनि स्थानीय तहमा अनियमितता र भ्रष्टाचारले जरा गाडेको देखाउँछ ।

    अख्तियारका अनुसार स्थानीय तहतर्फ मधेश प्रदेशका स्थानीय तहका जनप्रतिनिधिविरुद्ध सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । तर, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना संघीय सरकारमा भन्दा स्थानीय तहमा भ्रष्टाचार कम रहेको दाबी गर्छन् । उनले आर्थिक अभियानसँगको कुराकानीमा प्रतिप्रश्न गरे, ‘संघीय सरकारका सचिवहरूमाथि पनि त भ्रष्टाचार मुद्दा लागिरहेको छ, स्थानीय तहमा मात्रै भ्रष्टाचार देख्नुहुन्छ तपाईंहरू ?’

    स्थानीय तह धेरै संख्यामा रहेकोले उजुरी बढी पर्ने गरेको हो । हाल देशमा ७५३ स्थानीय तह छन् र त्यत्ति नै स्थानीय सरकार छन् । केन्द्रमा एउटा सरकार छ भने प्रदेशमा सातओटा सरकार छन् । ढुंगानाले कतिपय स्थानीय तहमा भ्रष्टाचार भए पनि धेरै भयो भनी हल्ला गर्नु स्थानीय तहलाई कमजोर पार्ने प्रयास भएको बताए । जनप्रतिनिधिमाथि बेनामी उजुरी दिइँदा मुद्दा बढेको समेत उनले बताए ।

    बेनामी उजुरी दिने कानूनलाई त्यसरी हल्का रूपमा लिन नहुने अख्तियारका सहसचिव तथा प्रवक्ता घिमिरे बताउँछन् । उनका अनुसार उजुरीकर्ताको गोपनीयताको ख्याल गरेरै बेनामी उजुरीको व्यवस्था गरिएको हो, त्यसलाई आधार मानेर अख्तियारले छानबिन गर्छ ।

    अख्तियार मात्रै नभई महालेखापरीक्षकले समेत स्थानीय तहमा आर्थिक अनुशासनहीनता मौलाएको भन्दै लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाको प्रतिवेदनमा पनि सबैभन्दा बढी बेरुजु स्थानीय तहमा रहेको उल्लेख छ । बेरुजु स्थानीय तहको हरेक वर्ष चुलिँदै गएको छ । जथाभावी रूपमा रकम निकासा दिनेदेखि खरीद प्रक्रिया पालना गर्न स्थानीय तह चुक्दै गएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑