• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०८१, सोमबार १४:१०
  • १०५७

    अमेरिकाबाट एक थान वासिङ मेसिन काठमाडौं ल्याइयो। यो गत चैत ४ गतेको कुरा हो। त्यस दिन अपराह्न ४ बजे कतार एयरवेजको कार्गोबाट वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झारिएको थियो। वासिङ मेसिन बालुवाटारस्थित सुशान्त इम्पेक्स प्रालिकी शान्ति तामाङले मगाएकी थिइन्। वासिङ मेसिनको बक्सा खोलेर हेर्दा फल्स बटम राखेको भेटियो।

    शंकास्पद पाइएपछि भन्सार कार्यालय गौचरले प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोलाई पत्र लेख्यो। पत्रको आधारमा अनुसन्धान अधिकृत सहितको टोली गौचरस्थित कार्यालय पुग्यो। व्यूरोले फल्स बटम खोल्दा त्यहाँ गाँजा पो रहेछ, २० किलोग्राम। वासिङ मेसिनभित्र गाँजा भेटिएपछि सामान कसले मगाएको हो भन्ने खोजी गरियो।

    चैत ४ गते साँझ ५ बजेतिर वासिङ मेसिन लिन भन्सार कार्यालयमा मकवानपुर घर भएकी ३५ वर्षीया शान्ति तामाङ पुगेकी थिइन्। व्यूरोको टोलीले तामाङलाई त्यही नियन्त्रणमा लियो।
    बयानका क्रममा तामाङले श्रीमान् सुखल राउत (४२ वर्षका) ले वासिङ मेसिन लिन पठाएको बताइन्। त्यसपछि प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ बाट उनलाई पक्राउ गर्‍यो।

    यो घटनामा व्यूरोले अनुसन्धान गरेसँगै काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ। गत शुक्रबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
    शान्तिका अनुसार उनीहरूले दुई वर्षदेखि सामान विदेश पठाउने र ल्याउनका लागि सुशान्त इम्पेक्स प्रालि कम्पनी चलाउँदै आएका थिए। मानिसहरूले ल्याएको सामान उनीहरूले विदेश पठाइदिने गर्थे। धेरैजसो सामान भारत पठाउने र बुकिङ गरी सामान अर्डर गरेपछि ल्याएर डेलीभरी गर्ने गरेको तामाङले बयानमा भनेकी थिइन्।

    यस काममा तामाङलाई उनका श्रीमानले पनि सहयोग गर्थे। त्यसैक्रममा विशाल जैसवालले अमेरिकाबाट वासिङ मेसिन मगाउन लागेको भनेर खबर गरेका थिए। जैसवाललाई श्रीमानलाई सुखलले चिनेका थिए।

    ‘म बुटवल कामको सिलसिलामा जाने क्रममा चिनजान भएका जैसवालसँग पक्राउ पर्नुभन्दा दुई महिना अगाडि भेटेर कुराकानी भएको थियो। उनले अमेरिकाबाट वासिङ मेसिन मगाउन लागेको र मेरी श्रीमतीको कम्‍पनीबाट मगाउनुपर्‍यो भनेका थिए,’ उनले बयानमा भनेका छन्, ‘के कति शूल्क लाग्छ पछि सामान रिसिभ गर्ने क्रममा हिसाब गरेर दिउँला भनेपछि मैले सामान अर्डर गरेर इन्भ्वाइस पठाइदिनु भनेको थिएँ।’

    जैसवालले अमेरिकामा रहेका नाथन आर मिचेलबाट वासिङ मेसिन अर्डर गरेको इन्भ्वाइस राउतलाई पठाएका थिए। सामानलाई ११ सय अमेरिकी डलर परेको थियो। त्यसबराबर १ लाख ५५ हजार रुपैयाँ जैसवालले राउतलाई दिएका थिए।

    त्यसपछि कम्पनीको नाममा रहेको प्रभु बैंकको खातामा रकम जम्मा गरी अमेरिकामा रहेको बैकमा भुक्तानी गरिदिएका थिए। यसरी भुक्तानी गरेपछि फेब्रुअरी २ ८मा उक्त मेसिन भन्सारमा आइपुगेको थियो। सामान क्लियर गर्न उनले चिनेको मान्छेमार्फत् भन्सार एजेन्ट सागर अर्याललाई सम्पर्क गरेका थिए।

    वासिङ मेसिन छुटाउन एक लाख ४१ हजार ५ सय लाग्ने भएपछि राउतले जैसवालसँग थप रकम मागेका थिए। रकम दिएपछि अर्यालले थप २० हजार रुपैयाँ नपुगेको भन्दै २० हजार रुपैयाँ थप लिएका थिए।

    यसरी रकम बुझाएपछि शान्ति तामाङ भन्सारमा सामान लिन जाँदा पक्राउ परेको बयानमा भनेकी छन्। उनीहरू दुवै जनाले जैसवालका लागि मगाएको वासिङ मेसिनभित्र गाँजा रहेको कुरा पक्राउ परेपछि मात्रै थाहा भएको बताएका छन्।

    उनीहरू दुवै जनाविरूद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सजायको माग गरेको छ।

    १० किलोग्राम भन्दामाथि जतिसुकै गाँजा तस्करी गरेको भए पनि दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना ऐनअनुसार मागदाबी गरेको छ।

    हुलाक र कुरियार गरी पटक-पटक भित्रिन्छ लागुऔषध

    लागुऔषध नियन्त्रण ब्युरोका अनुसार हुलाक र कुरियर कम्पनीको प्रयोग गरी विभिन्न सामानमा लुकाएर गाँजा तथा चरेस भित्र्याउने गरेको खुलेको छ।

    यसरी भित्र्याउने लागुऔषधको गन्तव्य भारत देखिन्छ। केही पटक भने नेपालकै लागि पनि भित्र्याइएको छ।

    २०७६ सालमा ६.४ किलो गाँजा र ७ किलो चरेश क्यानडाबाट नेपाल आइपुगेको थियो। २०७७ साउन ४ गते १.३६ किलो गाँजा अमेरिकाबाट भित्रिएको थियो। त्यही साल चैत २ गते २९ ग्राम र ४६७ ग्राम गाँजा छुट्टाछुट्टै भित्रिएको थियो।

    २०७८ फागुन ११ गते ४.४१८ किलो टिएचसी मिसाइएको चकलेट बेलायतबाट भित्रिएको थियो। त्यसैगरी २०७९ भदौ २० गते २१ ग्राम गाँजा र १.५ ग्राम चरेश नेदरल्याण्ड्सबाट नेपाल आइपुगेको थियो। त्यही दिन अमेरिकाबाट ३.७ किलोग्राम गाँजा भित्रिएको थियो।

    २०७९ असोजमा अमेरिकाबाट २६ किलो ९ ग्राम, कात्तिकमा २०८ ग्राम गाँजा क्यानडाबाट, फागुनमा ८ किलो ७ ग्राम र चैतमा १ किलो ७०० ग्राम गाँजा अमेरिकाबाट नेपाल आएको थियो।

    अघिल्लो वर्ष अमेरिकाबाट साउनमा १ किलो २०० ग्राम, भदौमा ९०० ग्राम, ९३९ ग्राम, १.४ किलो गाँजा भित्रिएको थियो। त्यस्तै मंसिरमा ५२ किलो ३२ ग्राम, ९०० ग्राम अमेरिकाबाट आएको थियो। चैत ४ गते २० किलो गाँजा भित्रिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑