वीरगन्ज । वीरगन्जमा आयोजित पर्सा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि युनिट युवा क्लब श्रीसिया वीरगन्जले जितेको छ ।आदर्शनगर रंगशालामा शनिबार साँझ भएको फाइनलल खेलमा भेट्रान्स सिटि क्लब वीरगन्जलाई ३–२ गोलले स्तब्ध पार्दै युनिट युवा क्लबले उपाधि जितेको हो ।
यनिट युवा क्लबका लागि सुनिल गुरुङ र रेमन डंगोलले एक–एक गोल गरे भने एक गोल उसले भेट्रान्स सिटीबाट आत्मघाती गोलका रुपमा उपहार पायो । भेट्रान्स सिटि क्लबका लागि भने रवि चौधरीले गोल गरे । फाइनल खेलको म्यान अफ दि म्याच युनिट युवा क्लबका रेमन डंगोलले घोषित भए ।
प्रतियोगिताको समापन समारोेहमा उपााधि विजेता र उपविजेता टिमलाई ट्रफी र मेडल वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रदान गरे ।
पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोशन कलवारको अध्यक्षतामा भएको समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , भेट्रान सिटि क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेत , उपाध्यक्ष सागर राणा लगायतको सहभागिता रहेको थियो ।