पर्सा । श्री विन्दवासिनी माई युवा क्लबको कार्यालय उद्घाटन वीरगंज १९, विन्दवासिनी चौकमा गरिएको छ। विन्दवासिनीका युवाहरुले सामाजिक विकासमा अग्रसरता देखाउँदै एउटा कोठा भाडामा लिएर कार्यालय संचालनमा ल्याएको एक महिनापछि औपचारिक उद्घाटन गरिएको हो।
कार्यालय उद्घाटनको अवसरमा अन्तर सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। यस प्रतियोगितामा चारवटा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालय रामनगरीले पहिलो स्थान प्राप्त गरेको छ। दोश्रो स्थानमा श्री रा.रा.चौ. माध्यमिक विद्यालय झौवां र तेश्रो स्थानमा श्री महावीर साह माध्यमिक विद्यालय नगरदाहाँले सफलता हासिल गरेका थिए।
उद्घाटन समारोह र हाजिरी जवाफ प्रतियोगिताको संयुक्त कार्यक्रम वडा नं. १९ का वडा सचिव घनश्याम प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष सोनु गुप्ताले आगामी दिनमा पनि शिक्षा र सामाजिक क्षेत्रमा यस्तै कार्यहरु गर्दै जाने जानकारी गराए।