• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको सार्वजनिक जग्गामा दुई उपमहानगरबिच द्वन्द्व

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८१, बुधबार ११:२८
  • १०७७

    बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भोगचलनमा रहेको सार्वजनिक जग्गामा कलैया उपमहानगरले हस्तक्षेप गरेपछि दुई पालिकाबिच द्वन्द्व सुरु भएको छ । जीतपुरसिमरा उपमहानगर वडा नं १८ मा आधारभूत स्वास्थ्य चौकी रहेको जग्गामा वडा कार्यालयले घेराबेरा गर्ने क्रममा कलैया उपमहानगरले नगर प्रहरी खटाएर हस्तक्षेप गरेको हो ।

    साविक मनहर्वा गाविस वडा नं ७ को कित्ता नं ७१ को ३ बिघा १० कट्ठा जग्गा तत्कालीन गाउँ पञ्चायत, गढीमाई नगरपालिका हुँदै अहिले जीतपुरसिमराले भोगचलन गर्दै आएको छ ।

    सो जग्गामा गत शुक्रबार कलैया उपमहानगरका प्रमुख बिनोद साहले एक्कासी नगर प्रहरी खटाएर जग्गा खाली गर्न सुरु गरेका थिए । जीतपुरसिमरा वडा नं १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले कलैया उपमहानगरका प्रमुख विनोद साहले जीतपुरसिमरालाई जानकारी नगराइ एक्कासी गुण्डागर्दी शैलीमा नगर प्रहरी खटाएर जग्गा कब्जा गर्न खोजेको आरोप लगाए ।

    ‘कलैयाको मेयरले सम्बन्धित पालिका जीतपुरसिमराका प्रमुख, उपप्रमुखसँग समन्वय र सोधपुछ नै नगरी भूमाफियाको इशारामा नगर प्रहरी खटाएर नाङ्गो नाच देखाउनुभयो,’ वडाध्यक्ष वाग्लेले भने, ‘हामीले पछि विनाजानकारी यस्तो किन गर्नुभयो भनेर सोधपुछ गर्दा उहाँले पहिला एक्सन लिने, पछि सोधपुछ गर्ने भनेर जवाफ दिनुभयो ।’

    यता कलैया उपमहानगरले भने जीतपुरसिमरा वडा नं १८ मा स्वास्थ्य चौकी रहेको जग्गा आफ्नो भएकाले विनाजानकारी पर्खाल लगाउन लागेपछि नगरी प्रहरी पठाएको जनाएको छ ।

    ‘पहिला दुवै पालिकाको अमिन राखेर जग्गा यकिन गर्नुपर्यो । हाम्रो जग्गामा जानकारी नगराइ पर्खाल लगाउन मिल्छ ?’ कलैया उपमहानगरका प्रमुख विनोद साहले भने, ‘मेरो पालिकाको जग्गा कब्जा भएको छ भने मैले ठाडो आदेश दिनुपर्यो । यसमा वडाध्यक्षले मलाई भूमाफियाको आरोप लगाउन मिल्छ ?’

    कलैया उपमहानगरले सार्वजनिक जग्गामा पर्खाल लगाउन रोकेपछि वडाध्यक्ष वाग्लेले प्रेस विज्ञप्ति जारी गरेर नगरप्रमुख साहको कार्यशैलीको विरोध गरेका थिए ।

    कलैया नगरपालिकाका पूर्वमेयर तथा बारा ३ (क) का प्रदेश सभा सदस्य रविन्द्रदास श्रेष्ठले साविक मनहर्वा गाविसको केही भूभाग कलैया उपमहानगर र केही जीतपुरसिमरा अन्तर्गत परेकाले सीमा क्षेत्रको सार्वजनिक जग्गामा दुवै पालिकाले दाबी गरेको बताए ।

    ‘पुरानो नक्सा अनुसार जग्गा नापजाँच गर्ने हो भने यो जग्गा कलैया उपमहानगर अन्तर्गत पर्छ । तर सरकारी जग्गा हो जसले भोगचलन गरे पनि हाम्रै जनताले सुविधा पाउने हो । यसमा विवाद गर्नु जरुरी छैन,’ प्रदेशसभा सदस्य श्रेष्ठले भने, ‘यो सार्वजनिक जग्गामा अब विवादलाई लम्ब्याउनुभन्दा पुरानै भोगचलनमा जाँदा उपयुक्त हुन्छ ।’

    साविक मनहर्वा गाउँ पञ्चायत हुँदाका वडा नं ४, ५ र ६ कलैया उपमहानगरभित्र पर्दछन् भने बाँकी ६ वटा वडा जीतपुरसिमरा उपमहानगरभित्र पर्दछन् ।

    राज्य पुनर्संरचनाको क्रममा भौगोलिक सिमाङ्कनलाई ख्याल नगरी पालिकाको क्षेत्र घोषणा गर्दा सानातिना विषयमा पनि पालिकाबिच विवाद हुने गरेको श्रेष्ठको भनाइ छ । केही वर्ष अघिसम्म जग्गा कारोबारीहरूले कब्जामा राखेर भोगचलन गरेको सो जग्गा पूर्ववडाध्यक्ष अर्जुन दाहालको सक्रियतामा सार्वजनिक कायम भएर आधारभूत स्वास्थ्य चौकी निर्माण भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑