• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इजरेलले किन इजिप्टसँग जोडिएको गाजाको सीमा नियन्त्रणमा लियो

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०८१, शुक्रबार ११:३४
  • १०२५

    वीरगंज | फाइल तस्बिरः रफाहबाट खिचिएको यो तस्बिरमा सीमामा परिचालित इजिप्टका सैनिकहरूलाई देखिन्छ | इजरेली सेनाले गाजा र इजिप्टको सीमामा अवस्थित फिलाडेल्फी कोरिडोर नामक रणनीतिक क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइएको जनाएको छ| इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)का एक प्रवक्ताका अनुसार त्यहाँ “हमासले हतियार तस्करी गर्न प्रयोग गर्ने” २० वटा सुरुङ त्यहाँ फेला परेका छन्।

    इजिप्टशिअन टेलिभिजनले स्रोतहरूलाई उद्धृत गर्दै उक्त दाबीको खण्डन गरेको छ। रफाहमा घातक हमला भएपछि गाजाको अस्पतालमा जे देखियो
    विज्ञापन रफाहमा कस्तो छ अवस्था, जारी इजरेली सैन्य कारबाहीबारे अमेरिका के भन्छ
    इजरेलले दक्षिणी गाजाको रफाह सहरमा आफूले गरेको सैन्य कारबाहीको औचित्य पुष्टि गर्न त्यसो भनेको उसको दाबी छ।

    गाजाको सीमा आफ्नो नियन्त्रणमा भएको इजरेली घोषणा इजिप्टसँगको तनाव चुलिएको समयमा आएको छ।

    फिलाडेल्फी कोरिडोर
    फिलाडेल्फी कोरिडोर कहाँ छ?
    “केही दिनदेखि आईडीएफले इजिप्ट र रफाहको सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम गरेको छ,” आईडीएफका प्रवक्ता एड्मिरल ड्यान्यल हेगारीले भने।

    उनले उक्त कोरिडर हमासको “अस्तित्वको लागि महत्त्वपूर्ण” रहेको बताउँदै त्यहाँबाट सो समूहले “नियमित रूपमा गाजा स्ट्रिपमा अस्त्रहरू तस्करी” गरेको दाबी गरे।

    उनले इजरेली सैनिकहरूले ती सुरुङहरूमा अनुसन्धान गरिरहेको र तिनलाई निष्क्रिय बनाइरहेको बताए।

    तर पछि संवाददाताहरूसँग कुरा गर्दै हेगारीले सबै सुरुङहरूबाट इजिप्ट पुग्न सकिने कुरा पुष्टि गर्न नसक्ने बताएको द न्यूयोर्क टाइम्सले जनाएको छ।

    इजरेलले हतियार कहाँबाट ल्याउँछ ?
    ५ एप्रिल २०२४
    इजरेल र हमासः अन्तर्राष्ट्रिय फौजदारी अदालतको सम्भावित ‘पक्राउपुर्जी’को अर्थ के हो
    २१ मई २०२४
    ‘फिलाडेल्फी कोरिडर’ केही ठाउँमा झन्डै १०० मिटर चौडा छ र त्यो गाजातर्फ इजिप्टको सीमानजिकै १३ किलोमिटरजति लामो छ।

    इजिप्टले विगतमा आफूले सीमा वारपार हुने सुरुङहरू ध्वस्त पारिदिएको र अस्त्र तस्करीलाई असम्भव बनाइदिएको बताएको थियो।

    एक ‘उच्च पदस्थ’ इजिप्टेली स्रोतले ‘अल-कहेरा न्यूज’सँग कुरा गर्दै इजरेलले ती आरोपहरूलाई “प्रयोग गरेर प्यालेस्टाइनको रफाह सहरमा कारबाही गर्ने औचित्य पुष्टि गर्न खोजेको र राजनीतिक उद्देश्यका लागि युद्धका लागि लम्ब्याउन खोजको” बताए।

    इजिप्टसँगको सीमामा आश्रय लिन पुगेका प्यालेस्टिनीहरूतस्बिर स्रोत,REUTERS
    तस्बिरको क्याप्शन,रफाहमा इजरेलले थालेको सैन्य कारबाहीबाट जोगिन केही प्यालेस्टिनीहरू इजिप्टसँगको सीमामा बस्न गएका छन्
    युद्धको केन्द्रमा रफाह
    हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि सुरु भएको लडाइँमा जित्न इजरेलले रफाह आफ्नो नियन्त्रणमा लिनुपर्ने ठानेको छ। सो आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो भने २५२ जनालाई हमासले बन्धक बनाएर लगेको इजरेली पक्षको भनाइ छ।

    द्वन्द्व सुरु भएयता गाजामा ३६, १७० जना मानिसहरूको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    हमासविरुद्धको कारबाहीअन्तर्गत रफाहस्थित सीमानाकालाई इजरेली फौजले तीन साताअघि आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस बेलादेखि इजिप्ट र इजरेलबीच तनाव चुलिएको छ।

    यो साता सुरुमा रफाहनजिकै इजिप्ट र इजरेलका सैनिक संलग्न भएको एक घटनामा इजिप्टका एक सैनिकको ज्यान गएको थियो।

    रफाह नाका कहाँ छ, गाजाका लागि यो किन महत्त्वपूर्ण छ
    १९ अक्टोबर २०२३
    हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो
    ५ डिसेम्बर २०२३
    इजिप्टले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै आएको छ। उसले गाजामाथिको इजरेली सैन्य कारबाही र युद्धमा इजरेलले सर्वसाधारणको हत्या गरेको भन्दै त्यसको निन्दा गर्दै आएको छ।

    यद्यपि इजिप्टले पनि सन् २००६ मा हमास सत्तामा आएयता गाजासँगको सीमामा नाकाबन्दी कायम राखिरहेको छ।

    हमास इजिप्टमा प्रतिबन्धित आतङ्कवादी सङ्गठन ‘इस्लामिस्ट मुस्लिम ब्रदरहुड’ को हाँगा हो।

    इजिप्टले हमाससँग संवादको ढोका खुला राखेको छ। उसले इजरेल र उक्त समूहबीच युद्धविराम अनि गाजामा हमासले बन्धक बनाएका इजरेलीहरूको रिहाइका लागि भइरहेका प्रत्यक्ष वा परोक्ष वार्ताहरूमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।

    बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑