• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित’

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०८१, बिहीबार १३:२२
  • १०८५

    वीरगंज | वीरगन्ज महानगरपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित रहेको एक अध्ययनले बताएको छ । बुधबार सम्पन्न मानव केन्द्रीत ढाँचा तथा द्रुत लेखाजोखा सम्बन्धी सहश्रृजना कार्यशालाको समापन समारोहमा सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो ।

    युनिसेफको सहयोगमा वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका वडा नम्बर २२,२८ र ३२ को १ सय ७४ मुसहर घरधुरीमा गरेको स्थलगत सर्भेले यो समुदाय अझै पनि तुलनात्मक रुपमा अन्य समुदाय भन्दा स्वास्थ्य सेवा सुविधाको पहुँचबाट टाढा रहेको पाइएको छ ।

    कार्यक्रममा युनिसेफ नेपाल प्रतिनिधि एवम् सामाजिक व्यवहार परिवर्तन सम्बन्धी विज्ञ लिला खनालले सर्भेले यी वडाका मुसहर समुदायमा औसत विवाह उमेर १७ दशमलव २ प्रतिशत, बच्चा जन्माउने औसत उमेर १९ बर्ष रहेको देखाएको बताइन् । समुदायमा बालविवाह दर ८० प्रतिशत, किशोरी गर्भवती दर ५१ प्रतिशत, संस्थागत सुत्केरी हुने दर ५५ प्रतिशत र घरमा खोपकार्ड नभेटिएको दर ४८ प्रतिशत रहेको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मुसहर समुदायको स्तरोन्नतिको लागि स्वास्थ्य मात्र नभई शिक्षाको क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।

    मुसहर समुदायका बालबालिका तथा युवाहरुलाई खेलकुद क्षेत्रसंग जोडेर शिक्षा तर्फ आकर्षित गर्न सकिने सुझाव पनि उनले दिए । सिंहले परीवर्तन सम्भव रहेपनि त्यसका लागि सरोकारवाला संपूर्णको साथ र सहकार्य आवश्यक रहेको बताए ।

    स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले मुसहर समुदायको उन्नयनको लागि तीनै तहको सराकारको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारबाटै यो समुदायको स्तर उकासिने बताए ।

    कार्यक्रममा मुसहर समुदायको स्तरोन्नतिका लागि नीतिगत सुझाव समेत दिइएको थियो । जसमा यो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, जन्मदर्ता, नागरिकता र लालपुर्जाको सुनिश्चितता, सर्वसुलभ स्वास्थ्य सेवा पहुँचको लागि निजी अस्पतालहरुसँग समन्वय र सहकार्य गर्ने, निःशुल्क एम्बुलेन्स सेवा, शौचालय, खानेपानी र ढलको व्यवस्था गर्ने आदि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑