• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ’ ,मन्त्री यादवले भने

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०८१, बुधबार १४:००
  • ७८१

    वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन् ।

    बुधवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

    ‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ मन्त्री यादवले भने ।

    डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिँदै नेपालको स्वास्थ्यका विषयमा बोलेका हुन् ।

    ‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भने । सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको जानकारी पनि दिए ।

    नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिनुहुँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताए ।

    कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिए । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भने, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

    उनले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गरे ।

    त्यस्तै उनले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिँदै भने, ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

    मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑