• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संघ सरकारको नयाँ बजेटमा वीरगन्जसंग फेरि विभेद

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०८१, बुधबार १३:३७
  • १८०९

    वीरगंज | आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि मंगलबार संघीय सरकारले सार्बजनिक बजेटले देशकै प्रमुख आर्थिक नगरी वीरगन्जसंग फेरि अन्याय र विभेद गरेको यहाँका जनप्रतिनिधी, उद्योगी–व्यपारी र अर्थविद्ले गुनासो गरेका छन् ।

    संघीय सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा विगतका जस्तै यसपालिपनि वीरगन्जसंग विभेद गरेको गुनासो वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले गरे ।

    सरकारी स्वामित्वका बन्द वीराटनगर जुट मिल , हेटौडाँ कपडा उद्योग जस्ता उद्योगहरु पुन सञ्चालन गरिने कुरा बजेटमा उल्लेख गरिएको तर वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाको नाम बजेटमा नआउनु वीरगन्जबासीसंग अन्याय भएको उनले बताए । यस्तै देशकै दोश्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्वार र स्तरोन्नत्तीका लागि पटक पटक हार गुहार गरिएपनि नयाँ बजेटमा नारायणी रंगशालाबारे कतै चर्चासमेत नगरिएको उनले बताए । उनले भने,‘ वीरगन्जबारे नयाँ बजेटमा कुनै चर्चा गरेको पाइएन । त्यसका कारण विगतका बजेट जस्तै अहिले ल्याइएको बजेटमा वीरगन्जसंग सरकारले फेरि विभेद गरेको हामीले ठानेका छौं । जुन हामी वीरगन्जबासीका लागि निक्कै दुखद कूरो हो ।’

    वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमलेपनि सरकारले नयाँ बजेटमा वीरगन्ज र समग्र पर्सा जिल्लाका लागि केहिपनि नदिएको टिप्पणी गरे । उनले भने,‘नयाँ बजेटले वीरगन्जसंग अन्याय गरेको छ । वीरगन्जलाई फेरि ठगेको छ ।’

    पर्सा–बारा औद्योेगिक कोरिडोरलाई सरकारले औपचारिक रुपमै औद्योगिक कोरिडोर घोषणा गर्न यहाँका उद्योगी–व्यवसायीले पटक पटक माग गर्दै आएकोभएपनि बजेटले त्यसबारे केहिपनि नबोलेको उनले बताए । त्यस्तै विद्यमान औद्योगिक ऐनलाई समयसापेक्ष संशोधन गरेर उद्योगमैत्री बनाउन अर्थमन्त्रीसंग आग्रह गरेकोमा त्यसबारेपनि नयाँ बजेटमा केहिपनि उल्लेख नगरिनुले यहाँका उद्योगी–व्यवसायी निरा बनेको उनले सुनाए ।

    नयाँ बजेटमा यद्यपि पर्सामा मेडिकल शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको भएपनि त्यसमा विश्वास नालगेको उनले बताए ।उनले भने,‘ सरकारले ढाँटेको हो । किनकि यहाँ त्यत्तो ठूलो टर्सरी अस्पताल सरहको नारायणी अस्पताल छ । कि त नारायणी अस्पताललाई मेडिकल कलेजका रुपमा स्तरोन्नत्ती गरिनेछ भनेर बजेटमा स्पष्ट रुपमा आउनु पथ्र्यो । तर बजेटमा त पर्सा जिल्लामा मेडिकल शिक्षाका लागि सम्भाव्यता अध्ययन गरिनेछ भनेर झारा टार्ने काममात्र सरकारले गरेको हाम्रो बुझाई छ ।’

    यस्तै वीरगन्ज कलेजका प्राध्यापक एंव अर्थविद् डाक्टर दिपेन्द्र चौधरीलले पनि नयाँ बजेटले वीरगन्जग फेरि हेला गरेको प्रतिक्रिया दिए । बजेटको पूँजीगत खर्चमा विद्यावारिधी गरेका डाक्टर चौधरीले भने,‘ एक वाक्यमा भन्ने हो भने नयाँ बजेटले वीरगन्जलाई केहिपनि दिएको छैन।’ किनकि अर्थमन्त्री पुनले सार्वजनिक गरेको बजेटमा वीरगन्ज र पर्सा जिल्लाको नाम तीन ठाँउमा मात्र उल्लेख गरिएको तर त्यसकोपनि कुनै अर्थ नरहेको टिप्पणी उनले गरे ।

    नयाँ बजेटमा वीरगन्जको नारायणी अस्पतालको स्तरोन्नत्ती गरिनेछ भनेर उल्लेख गरिएको भएपनि त्यो झारा टार्ने काम मात्रै भएको उनले बताए । उनले भने,‘अहिलेका स्वास्थ्यमन्त्री प्रदीप यादव ज्युले मन्त्री बनेपछि पहिलो पटक गृहनगर वीरगन्ज आएका बेला सार्वजनिक कार्यक्रममा नारायणी अस्पतालका लागि बजेटमा १ अर्बको विशेष प्याकेज आउँदै छ भनेर घोषणा गर्नु भयो । तर अर्थमन्त्रीले मंगलबार सार्वजनिक गरेको बजेटमा त्यो कूरा गायब भयो।’

    यस्तै पर्सामा मेडिकल शिक्षाका लागि सम्भाव्यता अध्ययन गरिने कुरा बजेटमा उल्लेख गरिएपनि त्यसमा पत्यार नलागेको उनले बताए । उनले भने,‘ किनकि आजभन्दा ५ बर्ष अगाडिको बजेटमा मधेसकै बर्दिवासमा बर्दिबास मेडिकल कलेज बनाउने घोषणा सरकारले गरेको थियाो । बजेटमा रकमपनि छुट्याइयाोे। शिलान्यासपनि गरियो । तर त्यो मेडिकल कलेज बनाउने कुरो आजसम्मपनि शिलान्यासमै सिमित भएको छ। अनि पर्सामा मेडिकल कलेज बनाउने कुरा हामीले कसरी पत्याउने ? ।’

    यस्तै नयाँ बजेटमा पर्साको ठोरीमा नमूनाा वस्ती बनाउनु कुरापनि उल्लेख गरिएको भएपनि नमूना वस्ती निर्माणका लागि सरकारका तर्फबाट अहिलेसम्म कार्यविधी नै नबनाइएका कारण ठोरीमा नमूना वस्ती बनाउने घोषणा गफ मात्रै भएकोे टिप्पणी चौधरीले गरे ।

    नयाँ बजेटमा तीन दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका सन्दर्भमापनि एक शब्दपनि उल्लेख नगरिएको उनले बताए । यस्तै इतिहास बोकेको नारायणी रंगशालाको जीर्णोद्वारका बारेमापनि नयाँ बजेटमा कुनै चर्चा नगरिनुले वीरगन्जबासी नयाँ बजेटबाट निराश र दुखीत भएकाो चौधरीको भनाई छ । उनले भने,‘समग्रमा भन्ने हो भने नयाँ बजेटले वीरगन्ज र पर्सा जिल्लालाई छोएकै छैन भनेर भन्दापनि हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑