• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवालाई स्वदेशमै रोजगारी, वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण तालिम

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०८१, बुधबार १३:१९
  • १२६१

    वीरगंज | सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत उत्पादकत्व र रोजगारी बढाउने लक्ष्य राखेको छ । बजेटले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र सीपयुक्त युवालाई स्टार्टअपमार्फत उद्यमी बनाउने विषयलाई प्राथमिकता दिएको छ । बजेटमा उद्यमशीलता विकास र आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा विभिन्न कार्यक्रममार्फत युवालाई समेट्ने प्रयास गरिएको छ । बजेटमार्फत वैदेशिक रोजगारमा गएका तथा फर्किएका युवालाई समेत लक्षित गरि तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने विषय प्राथमिकतामा परेको छ ।

    सूचना प्रविधि क्षेत्रमा रोजगारी

    सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य पूरा गर्न स्वदेशमै पाँच लाख युवालाई प्रत्यक्ष रोजगारी दिने बजेटमा उल्लेख छ । आईटी क्षेत्रबाटै १० वर्षमा थप १० लाख जनालाई अप्रत्यक्ष रोजगारीसमेत दिन सकिने सरकारको विश्वास छ । सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधिसम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाउन सरकारले नै पहलकदमी लिनेसमेत बजेटमा उल्लेख छ ।

    स्टार्टअप बोर्ड गठन

    उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनका लागि स्टार्टअप बोर्ड गठन गरिने बजेटमा उल्लेख छ । स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना र यो कोषबाट युवाहरूले ऋण तथा अनुदान पाउने व्यवस्था गरिने बजेटमा घोषणा गरिएको छ ।

    हरेक प्रदेशमा ‘बिजिनेस इन्क्युबेसन’ सेन्टर

    युवा उद्यमशीलता विकास गर्न हरेक प्रदेशमा बिजिनेस इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने बजेटले घोषणा गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने र यसबाट युवाले लगानीको समस्या खेप्नुनपर्ने सरकारको विश्वास छ । देशभित्र रहेका अदक्ष श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने बजेटमार्फत प्राथमिकता पनि तय गरिएको छ ।

    रोजगार बैंकको स्थापना

    रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरी युवाले खोजेको जस्तो रोजगारी पाउन सजिलो बनाउन रोजगार बैंकको स्थापना गर्ने बजेटमा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी वास्तविक बेरोजगारलाई समेट्ने प्रयास गरिएको छ । यसका लागि पालिकामा बेरोजगार सूचीकृत गर्ने र प्राथमिकताका कारण कम्तीमा एक सय दिन रोजगारी दिने सरकारी योजना छ । यो योजनाबाट दुई लाख युवाले काम पाउने सरकारी दाबी छ ।
    वैदेशिक रोजगारीमा गएका युवाको समस्या समाधान गरिने

    वैदेशिक रोजगारीमा गएका युवाहरूले खेप्नुपर्ने समस्या समाधानका लागि कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गरिने बजेटमा उल्लेख छ । त्यस्तै, गन्तव्य देशमा रहेका श्रमिकको विवरण पनि कूटनीतिक नियोगमा अनिवार्य अभिलेख राख्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्ने भनिएको छ ।

    वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उपयुक्त रोजगारी सिर्जना

    वैदेशिक रोजगारीबाट फर्किएका कम्तीमा एक लाख युवाको ज्ञान, सीप र पुँजीमार्फत उद्यमशीलता प्रवर्धन गर्ने गरी स्वदेशमा उपयुक्त रोजगारीमा आबद्ध गराउने सरकारी लक्ष्य छ । स्वदेशमा फकिएपछि स्वरोजगार बनाउन विनाधितो ऋण उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । यो सुविधा लिन वैदेशिक रोजगारीमा रहेका वेला युवाले रेमिट्यान्स खातामार्फत रकम पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

    वैदेशिक रोजगारीका लागि निःशुल्क अभिमुखीकरण तालिम

    यसपालिको बजेटमा वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क गर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई सिप सिकाएर मात्रै पठाउने बजेटमा उल्लेख छ । यस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने आर्थिक लाभको दायरा विस्तार गरिने र यससम्बन्धी सेवा पालिकाबाट उपलब्ध गराउने व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

    प्रत्येक प्रदेशमा युवालाई सीपमूलक तालिम

    हरेक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालिम दिने बजेटमा उल्लेख छ । यसका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

    ‘राष्ट्र निर्माणमा युवा परिचालन’ कार्यक्रम

    युवा तथा खेलकुद मन्त्रालयमार्फत युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहीत प्रतिभा, सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न ‘राष्ट्र निर्माणमा युवा परिचालन’ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यस कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका कम्तीमा एक लाख युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपक्षी फर्म, होटेल, पर्यटन, निर्माण क्षेत्रलगायतमा कार्यस्थल तालिम प्रदान रोजगारी सुनिश्चित गरिने बजेटमा उल्लेख छ । यस कार्यक्रमबाट युवालाई रोजगारी दिन तीन अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    बजेटमा श्रम रोजगार शीर्षकका मुख्य बुँदा यस्ता छन् :

    श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गरिनेछ । श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरिनेछ । सामाजिक संवाद मार्फत असल श्रम सम्बन्ध विकास गरिनेछ ।
    रोजगार बैंकको स्थापना गरी रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिनेछ । श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आबद्ध गरिनेछ । श्रम र रोजगारीसम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि श्रमाधान कार्यक्रम सञ्चालन गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराई करिब दुई लाख व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारी प्रदान गरिनेछ । यस कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
    वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गरिनेछ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न कूटनीतिक नियोगलाई प्रभावकारी रूपमा परिचालन गरिनेछ । गन्तव्य मुलुकमा अलेखबद्ध श्रमिकको दर्ता गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरिनेछ ।
    आगामी आर्थिक वर्ष थप तीन प्रमुख गन्तव्य देशसँग द्विपक्षीय श्रम सम्झौता गरिनेछ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपयुक्त बनाइनेछ । वैदेशिक रोजगारीमा जानुपूर्व गरिने अभिमुखीकरण तालीमलाई क्रमशः निःशुल्क गर्ने व्यवस्था गरिनेछ ।
    वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने लाभको दायरा विस्तार गरिनेछ । यससम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइनेछ ।
    वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान,सीप र पुँजी मार्फत उद्यमशीलता प्रवर्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराइनेछ ।
    प्रशिक्षार्थीलाई आवासीय सुविधासहितको रोजगारमूलक व्यावसायिक सीप प्रदान गर्न तालिम प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय तालिम केन्द्रको रूपमा विकास गरिनेछ । आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालिम प्रदान गर्न ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
    एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरूप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोष मार्फत हुने व्यवस्था मिलाइनेछ ।
    योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई क्रमशः सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लगिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑