• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ८० प्रतिशत व्यवसायीले तस्करीको सुन खरिद गर्दै आएका छन्

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०८१, बुधबार ११:४७
  • ७९७

    वीरगंज । सुन तथा गहना कारोवारको मुख्य केन्द्र काठमाडौंको नयाँ सडक क्षेत्र आसपासमा रहेका व्यवसायीले ८० प्रतिशत अवैध मार्ग भएर भित्राइएको सुन प्रयोग गर्दै आएको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं बार्षिक प्रतिवेदनमा नयाँ सडकका गहना व्यवसायीले १३ प्रतिशत सुन मात्र बैकबाट खरिद गरेको उल्लेख गरिएको छ ।

    आन्तरिक राजस्व कार्यालय नयाँ सडक अन्तर्गतका ४८ करदाताहरुले गरेको सुनको कारोबारमध्ये १३ प्रतिशत सुन मात्रै बैंकबाट निकालेको भेटिएको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको रिर्पोटमा उल्लेख छ ।

    उनिहरुले १३ अर्ब ६० करोड ९७ लाख ६६ हजार रुपैयाँको सुन चाँदीलगायत मूल्यवान धातुहरुको खरिद विश्लेषण गर्दा १३ प्रतिशत मात्रै बैंकबाट खरिद भएको, व्यवसायीहरुबीचको आपसी खरिदविक्री २० प्रतिशत र ६७ प्रतिशत व्यक्ति व्यक्तिबाट खरिद गरिएको भनी व्यवसायीले देखाइएको पाइएको छ ।

    यसरी खरिद गरी खर्च कट्टी दावी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसरी व्यवसायीहरुले खरिद गरेको सुन चाँदीमध्ये वैधानिक रुपमा बैंक तथा वित्तीय संस्थाबाट खरिद नगरी अन्य व्यक्तिहरुबाट खरिद गरेको हिसाबलार्य महालेखा परिक्षकको कार्यालयबाट खर्च कट्टी अमान्य गरिएको छ ।

    सुनचाँदीका व्यवसायीले सुन लगायत गहना खरिदको भुक्तानी बैंकमार्फत गरेको प्रमाणसमेत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्ता खरिदको वैधानिक स्रोतको छानविन हुनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ । खासगरी पछिल्लो समय नेपालमा सुनको तस्करी बढेको घटनाहरु बाहिरिँदै आएको बेलामा सुन व्यापारीले करिव ७० प्रतिशत सुन व्यक्तिबाटै खरिद गरेको देखाउनुले नेपालमा ठूलो परिणाममा सुनको अवैध कारोवार हुने गरेको खुलासा भएको छ ।

    नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्रकारले व्यवसायीले अवैध मार्ग भएर आएको सुन खरिद गर्दा बैधानीक मार्ग भएर आएको सुन बैंकमा थन्किन पुगेको बताएका छन् ।
    संघमा आवद्ध अधिकांश सदस्यहरुले चोरी तस्करीको सुन खरिद गर्दा राज्यले तोकेको कोटाको ४० प्रतिशत समेत सुन व्यवसायीले खरिद गर्न नसकेको अध्यक्ष ताम्रकारको भनाई छ । रेसखवरसँगको कुराकानीमा ताम्रकारले भने “देशभरका व्यवसायीहरुले तस्करीबाट आएको सुन खरिद गर्ने भएकोले बैंकमा सुन थन्किने गरेको हो ।”

    कोटा प्रणालीबाट जाँदा एउटा व्यवसायीको भागमा मुस्किलले बर्षमा १ किलो काँचो सुन खरिद गरेको अवस्थामा उनीहरुको बार्षिक कारोवारमा १ देखि ४ अर्ब सम्मको हुने गरेको नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ताम्रकारले बताए । बार्षिक ५ करोडको बैधानीक कारोवार नहुनेको कसरी ३ अर्बको कारोवारको कर चुक्ता प्रमाणपत्र पेश गरिन्छ ? ताम्रकारले भने ।

    काठमाडौं उपत्यकामा रहेका भारतीय मूलका अधिकांश व्यापारी सुनको अवैध कारोवारमा संलग्न रहेको अध्यक्ष ताम्रकारको भनाई छ । राज्य संयन्त्र कमजोर भएकोले सुन तस्कर र माफियाहरुले छुट पाएका छन्् ताम्रकारले भने, “नेग्जामा उनीहरुले पठाएको विबरणका आधारमा उनीहरुको कारोवार छानवीन गर्ने हो भने सुनको अवैध कारोवारी सजिलै पत्ता लाग्न सक्छ् ।”

    नेपाल रत्न तथा आभुषण संघमा रहेका करिव ८० प्रतिशत व्यवसायी तस्करसँग खरिद गरेको काँचो सुनको गहना बनाउने गरेको ताम्रकारले बताए । कोटा प्रणालीमा जाँदा एउटा व्यवसायीको ४ महिनामा एक पटक सुन खरिद गर्ने पालो आउँछ, अध्यक्ष ताम्रकारले भने, “चाडबाड र लगनको समयमा सुन चाहिने भएकोले उनीहरुले अवैध मार्ग भएर आएको सुन खरिद गर्दै आएका छन् ।”

    धेरै गहना व्यवसायीहरुको बैंकबाट खरिद गरेको सुनको रेकर्ड हेर्ने हो भने त्यसको आधारमा मात्रै व्यवसाय संचालन गर्न नसक्ने अवस्था भएकोले अवैध मार्गबाट आएको काँचो सुुन र भारतबाट ल्याइएका तयारी गहनाले नेपाली गहना बजार चलायमान भएको अध्यक्ष ताम्रकारको भनाई छ ।

    सुन तस्करीमा संघका पदाधिकारी संलग्न रहेको आरोपका सन्दर्भमा अध्यक्ष ताम्रकारले संघ तस्करीको पक्षमा नरहेको तर संघका अधिकांश सदस्यहरुको कारोवार बैधानीक नभएको उनको दावी छ । राज्यका निकायले चेकजाँच गर्न आएमा आफूहरुले उनीहरुको कारोवारको रेकर्ड सरकारी निकायलाई दिने ताम्रकारको भनाई छ ।

    संघका अध्यक्ष ताम्रकारले नेपाल रत्न तथा आभुषण संघमा आवद्ध भएका सदस्यहरुको कारोवारको रेकर्ड संघमा रहेको बताए । व्यवसायीले बैंकबाट खरिद गरेको सुन र उनीहरुले त्यसबाट गहना बनाएर विक्री गरेको कारोवारको हिसाव, बैंक स्टेटमेन्ट, खरिद र विक्री खाता चेकजाँच गर्ने वित्तिकै व्यापारीको हैसियत थाहा हुने ताम्रकारको भनाई छ ।

    काठमाडौंमा रहेका रैथाने व्यवसायीलाई बाहिरबाट आएका व्यवसायीले विस्थापन गर्न खोजेको उनको आरोप छ । भारत र विशेषगरी तराईबाट काठमाडौं आएर गहना पसाल संचालन गरी वसेका व्यापारीहरु सुन तस्करीमा लागेकोले उनीहरुको कारण न्यूरोड र विशाल बजार क्षेत्रका रैथाने व्यवसायी अप्ठारोमा परेको ताम्रकारले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑