• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरामीको उपचारमा प्रभु र नीलकण्ठ अस्पतालको खेलवाड, आइसियु र अप्रेसन थियटरमै भेटियो म्याद गुज्रेका औषधि

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०८१, बुधबार ११:३८
  • १२६५

    वीरगन्ज | वीरगन्जमा रहेको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरले सरकारबाट २५ शैयाको इजाजत लिएको भएपनि ६० भन्दा बढी शैयामा बिरामी राखेर उपचार गर्दै आएको पाइएको छ ।
    वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा विगत साढे चार बर्षदेखि सञ्चालनमा रहेको प्रभु हस्पिटलले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट २५ शैया मात्र सञ्चालनको इजाजत लिएको छ । तर मंगलबार वीरगन्ज महानगरपालिकाले गरेको अनुगमनका क्रममा अनुमति विपरित उक्त अस्पतालले ६३ शैया राखेर सञ्चालन गरिरहेको पाइएको महानगरबाट अनुगमनमा गएको टोलीमा सहभागी महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले बताए ।

    मंगलबार वीरगन्ज महानगरपालिकाको स्वास्थ्य समितिका संयोजक उमाशंकर तिवारीको नेतृत्वमा महाशाखाको टोलीले प्रभु हस्पिटल र निलकण्ठ अस्पतालको अगुगमन गरेको थियो ।

    अनुगमनका क्रममा प्रभु हस्पिटलले सरकारबाट २५ शैया सञ्चालनको अनुमति लिएको भए पनि हाल ६३ शैया राखेर बिरामीहरुको उपचार गरिरहेको भेटिएको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । उनले भने,‘यो सरासर गैरकानूनी हो । जति बेडको अनुमति लिएको छ त्यो भन्दा बढी एक बेडपनि सञ्चालन गर्न पाइदैन ।’

    यस्तै प्रभु हस्पिटलमै अनुगमनका क्रममा बिरामीको उपचारमा प्रयोग गरिने केहि औषधीहरु म्याद गुज्रिएको अवस्थामा भेटिएको अनुगमन टोलीका संयोजक तिवारीले जानकारी दिए । उनका अनुसार, अस्पतालको आइसियू कक्ष र ल्याबमा म्याद गुज्रिएका ८ प्रकारका औषधिहरु भेटिएको हो ।

    ल्याबमा म्याग्लुमी र एपटीटी किट् तथा आइसियू कक्षमा हेपारिन सोडियम, एल्बुमिन किट, एपटीटी किट्, म्याग्नीओन, एमीओडन, ग्युडेल र बेटाडिन नामका औषधीहरु म्याद गुज्रिएर प्रयोग गर्न अयोग्य रहेको अवस्थामा भेटिएको संयोजक तिवारीले बताए । उनले भने,‘ ती मध्ये केहि औषधिको म्याद ४ बर्षपहिले नै गुज्रिसकेको रहेछ । केहि औषधिको एक्स्पायरी डेट २ महिना पहिलेको थियो ।’

    यस्तै प्रभु अस्पतालमा संचालित ल्याब पनि अस्पतालको भुई तल्लामुनि बनाइएको अण्डर ग्राउण्ड पार्किङमा सञ्चालन भइरहेको अव्सथामा भेटिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । उनले भने, ‘सवारी पार्किङका लागि बनाइएको अण्डर ग्राउण्डमा ल्याब सञ्चालन गरिएको रहेछ । जुन कानून विपरित छ ।’ बेसमेन्टमा संचालन गर्नु नै नियम विपरित रहँदा रहँदै पनि उसले पाएको अनुमति अनुसारको क्षेत्रफलको मापदण्ड पनि नपुगेको भेटिएको अनुगमन समितिका सदस्य समेत रहेका सब इन्जिनियर कुन्दन ठाकुर बताउँछन् । ‘बि क्याटोगोरिमा दर्ता रहेको ल्याब कम्तिमा पनि १५ सय वर्ग फिटमा संचालन हुनुपर्छ । उक्त ल्याब ५ सय वर्ग फिटमा पनि छैन ।’ यस्तै ल्याबमा सरसफाइको व्यवस्थापन पनि सन्तोषजनक अवस्थामा नभेटिएको अनुगमन समितिले जनाएको छ ।

    यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १३ पावरहाउस चोक नजिकै सञ्चालनमा रहेको नीलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि १५ शैयाको अनुमति लिएर ३३ शैया राखेर बिरामीको उपचार गरिरहेको पाइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए ।

    यादवका अनुसार, नीलकण्ठ हस्पिटलले वीरगन्ज महानगरपालिकाको कार्यालयबाट १५ शैया मात्र सञ्चालनको इजाजत लिएको छ ।

    उनले भने, ‘मंगलबार नै हामीले नीलकण्ठ हस्पिटलमा पनि अनुगमन गरेका थियौं । १५ शैयाको मात्र अनुमति लिएर उसले पनि गैरकानूनी रुपमा ३३ शैया सञ्चालन गरिरहेको भेटियो ।’
    अनुगमनका क्रममा उक्त अस्पतालका विभिन्न विभाग र कक्षबाट पनि म्याद गुज्रिएका औषधिहरु भेटिएको यादवले जानकारी दिए ।

    उनका अनुसार, नीलकण्ठ अस्पतालको शल्यकृया कक्ष (अप्रेसन थिएटर) मा एट्रोपाइन सल्फेट, पायरोलेट, लिडो र आर्याडाइन तथा आकस्मिक कक्षमा एट्रोपाइन सल्फेट, फेनोटन सोडियम र प्लसफ्रलोन नामका औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएको हो ।
    महानगरपालिकाको अनुगमन टोलीले केही समय यता यहाँ संचालित अस्पतालहरुको निरन्तर अनुगमन गरिरहेको छ ।
    वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बिरामीको स्वास्थ्यसंग खेलवाड गरिरहेका दुवै अस्पतालमाथि महानगरले कारबाही गर्ने बताए । उनले भने,‘ प्रभु हस्पिटल प्रदेश सरकारबाट २५ शैयाको इजाजत लिएको अस्पताल भएकाले उसका विरुद्ध कारबाहीका लागि महानगरले पत्र लेखेर सिफारिस गर्छ । त्यस बाहेक उसले वीरगन्जकै बिरामीको जिवनसंग खेलवाड गरेकाले महानगरलेपनि छुट्टै कारबाही गर्छ ।’

    महानगरबाट १५ शैयाको अनुमति लिएको नीलकण्ठ अस्पतालका सन्दर्भमा भने महानगर आँफैले कानुन अनुसार कारबाही गर्ने मेयर सिंहले बताए । उनले भने,‘एक त कानुनलाई मिचेर उसले १५ बेडको सट्टा ३३ बेड सञ्चालन गरिरहेको छ । त्यसैमा डेट एक्स्पायर औषधिले बिरामीको उपचार पनि गरिरहेको रहेछ । दुवै अस्पताललाई महानगरले हदैसम्मको कारबाही गर्छ ।’

    यता प्रभु हस्टिलका अध्यक्ष तथा सञ्चालक डाक्टर मनोज गुप्ताले भने आफनो अस्पतालले २५ शैयाको अनुमति लिएको तर त्यो भन्दा बढी एक शैया पनि सञ्चालन नगरेको जिकिर गरे । उनले भने,‘ २५ शैयाबाट १ सय शैयाको सञ्चालनको तयारी गरिरहेका छौं । त्यसैका लागि थप शैयाहरु किनेर राखेका मात्रै हो । तर २५ शैया भन्दा बढि एक शैयामा पनि बिरामीको उपचार गरेका छैनौँ । १ सय शैयाको इजाजतका लागि आवश्यक प्रकृया सुरु गरिसकेका छौ ।’

    म्याद गुज्रिएका औषधि भेटिएको सन्दर्भमा भने डाक्टर गुप्ताले कर्मचारीको केहि लापरवाहीका कारण ती औषधिहरु ल्याब र आइसियुमा भेटिएको बताए । उनले भने, ‘तर बिरामीको उपचारका लागि ती औषधि राखिएको होइन । हामीले डेट एक्स्पायर औषधि बिरामीको उपचार प्रयोग गर्दै गर्दैनौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑