• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशमा हरेक महिना ४१ जना बालबालिका हराउँदै, बढी हराउनेमा बालिका

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०८१, मंगलवार १२:३१
  • १४४५

    वीरगंज | मधेश प्रदेशमा बालबालिका हराउने घटनाको संख्या चिन्ताजनक रूपमा बढिरहेको छ। यो आर्थिक वर्षको १० महिनामा मात्रै एक हजार भन्दा बढी बालबालिका हराएका छन्। प्रहरी आँकडाले हरेक दिन ४१ जना भन्दा बढी बालबालिका हराइरहेको देखाउँछ, जसले समुदाय र अभिभावकहरूमा गम्भीर चिन्ता पैदा गरेको छ।

    ९ जेठमा पर्साबाट एक १४ वर्षीया बालिका हराइन्। जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ बाट पूजा कुमारी हराएको प्रहरी तथ्यांकले देखाउँछ। पूजा घरबाट निस्केकी थिइन् र अहिलेसम्म हराएकी सूचिमा पर्सा प्रहरीका अनुसार रहँदै आएकी छन्। उनी हराएको आज ६ दिन भइसकेको छ र कसैको सम्पर्कमा नआएपछि उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

    पर्सा मात्र होइन, १० माघमा धनुषा जिल्लाबाट ७ वर्षीया बालक पनि हराएका थिए। क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ घर भएका (हाल जनकपुर–४) ७ वर्षीया बालक घरबाट निस्केको प्रहरी रेकर्डले देखाउँछ। त्यसपछि उनी अहिलेसम्म कसैको सम्पर्कमा आउन सकेका छैनन्। जसकारण उनको मधेश प्रहरीको सूचिमा अझै खोजविनकै रेकर्डमा नाम दर्ज छ।

    धनुषा र पर्साबाट मात्रै बालबालिकाहरू हराएका छैनन्। मधेश प्रदेशको ८ वटै जिल्लाबाट बालबालिकाहरू बेपत्ता भइरहेको प्रहरी विवरण छ। मधेश प्रदेश प्रहरीका अनुसार चालू आर्थिक वर्षमा १ हजार ८४ जना बालबालिका हराएका छन्।

    प्रहरीको प्रमुख दायित्व मानिसको जीवन र सम्पत्तिको रक्षा गर्नु हो। तर, बालबालिका बेपत्ता भइरहँदा पनि खोजविनमा प्रहरीको खेलाँची रहेको प्रहरीकै विवरणले झल्काउँछ। पर्सादेखि सप्तरीसम्म प्रदेशका ८ वटै जिल्लाहरूमा बालबालिका बेपत्ता भइरहेका छन्। चालू आर्थिक वर्षको १० महिनामा पर्साबाट १६३, बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट ६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्यांक छ।

    यसैगरी, महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिरहाबाट १६८ र सप्तरीबाट ८९ जना बालबालिका हराएको मधेश प्रदेश प्रहरी प्रवक्ता सुवास चन्द्र बोहोरा बताउँछन्। उनका अनुसार यसमा अझ चिन्ताको विषय के हो भने बालबालिका हराउनेहरूमा बढी बालिका हराइरहेको देखिन्छ, जुन अझ गम्भीर विषय हो।

    प्रदेशभरिबाट हराउनेमध्ये धेरै संख्यामा बालिकाहरू हराइरहेका छन्। कुल हराउने बालबालिकाहरूमध्ये ९० प्रतिशतको हाराहारीमा बालिकाहरू हराउने गरेको प्रहरी विवरणले देखाउँछ। यो दश महिनाको अवधिमा प्रदेशबाट हराएका बालबालिकाहरूमध्ये ९१२ जना बालिका छन्। बालिका बेपत्ता हुने विवरण जिल्लागत रूपमा हेर्दा, पर्साबाट १३३, बाराबाट १२०, रौतहटबाट ८५, सर्लाहीबाट १४०, महोत्तरीबाट ८२, धनुषाबाट १४५, सिरहाबाट १४२ र सप्तरीबाट ६५ बालिका हराएका छन्।

    यद्यपि, आठवटै जिल्लाबाट हराउने बालबालिकाहरूमध्ये ६७० जनाको उद्धार भएको मधेश प्रदेश प्रहरीको तथ्यांक छ। यसलाई आधार मानेर हेर्दा, प्रदेशबाट ४१४ जना बालबालिका अझै बेपत्ता छन्। प्रहरीको तथ्यांकले मधेशमा हरेक महिना ४१ जना भन्दा बढी बालबालिका हराइरहेको देखाउँछ।

    प्रदेश प्रहरी प्रवक्ता बोहोराले हराएकामध्ये धेरैको उद्धार गरेको जनाएका छन्। उनका अनुसार मानव बेचबिखन, अपहरण तथा सीमा नाकाहरूबाट धेरैको उद्धार गरिएको छ। केहीको भने अलपत्र परेको अवस्थामा समेत उद्धार गरिएको छ। तर, बेपत्ता भएका बालबालिकाको सवालमा उनी भन्छन्, “हामी कहाँ सुरुमा हराएको सूचना आउँछ, त्यो प्रहरी रेकर्डमा लेखिन्छ। तर पछि ती बालबालिका फेला परे भने उनका अभिभावकले फेला परेको बारे जानकारी गराउँदैनन्, जसका कारण बेपत्ता हुनेहरू त्यही सूचिमा रहिरन्छन्। तर उनीहरू बेपत्ता भएका चाहिँ होइनन्।”

    बालबालिका हराउने घटनाहरूको यो ताजगी र गम्भीरताले मधेश प्रदेशमा बालबालिका सुरक्षाको स्थिति सुधार्न ठोस कदमहरू उठाउनुपर्ने आवश्यकता देखाउँछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑