• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षक सरुवा निर्देशिका स्वीकृत, सरुवा रोक्का फुकुवा

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०८१, मंगलवार ०९:०३
  • १६५३

    काठमाडौँ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ ।

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताउनुभयो ।

    “शिक्षण पेसालाई गुणस्तरीय, आकर्षक र मर्यादित बनाउने हाम्रो प्रयास हो । शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायत मन्त्रालयको सुधारको कार्ययोजनामा यो निर्देशिका प्रस्थानविन्दु हो,” शिक्षामन्त्री श्रेष्ठले भन्नुभयो ।

    निर्देशिकामा शिक्षकले सरुवाका लागि आफैँ विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको छ । आइतबार मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा आवश्यकताअनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइट समेत प्रकाशन गर्नु पर्नेछ । स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा राख्नेछ ।

    रिक्त पदमा सरुवा हुन इच्छुक शिक्षकले शिक्षा नियमावलीको अनुसूची १७ बमोजिम आफू कार्यरत विद्यालयको सहमतिसहित निवेदन दिन सक्नेछन् । आवश्यक कागजातसहित निवेदन दिने म्याद समाप्त भएको दिन सम्बन्धित प्रधानाध्यापकले विवरण प्रमाणित गरी विद्यालयको वेबसाइट र सूचना पाटीमा निवेदकको विवरण टाँस गर्नुपर्नेछ ।

    यस्तै, निर्देशिकामा सरुवाका लागि प्राथमिकताक्रम निर्धारणको कार्यविधि पनि राखिएको छ । निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकता क्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ ।

    स्थानीय तहअन्तर्गतको सरुवाका लागि स्थानीयता तहले पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्नेछ । जिल्लान्तर सरुवाका लागि भने स्थानीय तहले तीन दिनभित्र सहमति प्रदान गर्नुपर्नेछ र सहमतिका लागि इकाइमा पठाउनुपर्नेछ ।

    दफा १९ बमोजिम सहमति प्राप्त भइसकेपछि पेस भएका कागजात रुजु गरी तीन दिनभित्र इकाइले सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय र स्थानीय तहलाई जानकारी दिनुपर्ने प्रावधान समेटिएको छ । रिक्त पदको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली मा अद्यावधिक नगरी शिक्षक सरुवा सहमति प्रदान गर्न वा शिक्षक सरुवा गर्न नपाइने व्यवस्था समेटिएको छ ।

    निर्देशिकामा सरुवा सहमति दिन नहुने अवस्थाहरुको पनि उल्लेख गरिएको छभने सरुवाका लागि सहमति दिँदा कुनै पनि प्रकारको शुल्क वा सहयोग लिएको-दिएको पाइएमा दुवैलाई प्रचलित नेपाल कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।

    विशेष कारणको अवस्थाका शिक्षक (घातक रोग लागेका, अपाङ्गता भएका, तीन वर्षभन्दा सानो उमेरका बच्चाको आमा) र मातृशिशु स्वास्थ्य संवेदनशीलता भएका शिक्षकको हकमा विशेष कारणको अवस्थामा रहेका शिक्षक व्यवस्थापनसम्बन्धी कानुनी प्रबन्धबमोजिम सम्बन्धित इकाइबाट जान चाहेको विद्यालयमा दरबन्दी रिक्त भएमा जुनसुकै बखत सरुवा भई जानसक्ने व्यवस्था गर्न सकिने प्रावधान राखिएको छ ।

    शिक्षक सरुवाका सम्बन्धमा कुनै गुनासो भए सरुवाको निर्णय गर्ने अधिकारीसमक्ष गुनासो गर्न सकिने र सात दिनभित्र त्यस्तो गुनासो सम्बोधन गरी शिक्षकलाई जानकारी दिनुपर्नेछ ।

    शिक्षकलाई सहजता र प्रोत्साहन गर्ने उद्देश्य

    शिक्षक सरुवालगायत विषय सहज र सरल बनाई शिक्षकलाई थप प्रोत्साहित बनाउन मन्त्रालयले थप योजनाहरु पनि प्रस्ताव गरेको छ । शिक्षकलाई आवश्यक सूचना एकै ठाउँमा प्राप्त गर्न सङ्घीय संसद्बाट यसै वर्षको नीति तथा कार्यक्रममार्फत एकीकृत विद्युतीय प्रणाली ‘शिक्षक पोर्टल’ बनाउने कुरा पारित भइसकेको छ ।

    उक्त पोर्टलमा शिक्षकले खुला पदहरूबारे जानकारी पाउनेदेखि स्थानान्तरणको आवेदन गर्न सक्नेछन् । शिक्षकले आफ्नो कार्यस्थलबाटै कामलाई कुनै असर नहुने गरी पारदर्शी, न्यायोचित र अनुमानायोग्य सरुवा प्रक्रियामा सहभागी हुन सक्नेछन् । विद्यालय, स्थानीय तह, इकाइ र केन्द्रको अधिकारी पनि पोर्टलमार्फत सुनिश्चित गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑