काठमाडाैं । कीर्तिपुर नगरपालिकाका सम्पूर्ण विद्यालयमा नेपाली भाषा अध्यापन गराउन ध्यानाकर्षण गराएका छन् । जेठ ११ गते शुक्रबार कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई नेवाः बस्ती नेवाः स्कुल अभियान संयोजक र नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले बाग्मती प्रदेशमा नेपाली भाषा र तामांग भाषा सरकारी कामकाजी भाषाका रूपमा लागू भएकाे तथा स्थानीय भाषा ऐन मुताविक कीर्तिपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी र निजी विद्यालयका तल्लाे तहदेखि माथिल्लाे तहसम्म नेपाली भाषा अनिवार्य रूपमा अध्यापन गराउनुपर्नेमा जाेड दिएका छन् ।
उनीहरूका अनुसार कीर्तिपुर नगरपालिकाका सम्पूर्ण सरकारी विद्यालयमा जस्तै सम्पूर्ण निजी विद्यालयहरूमा नेपाली भाषा सशक्त ढंग अध्ययन अध्यापन गराउनुपर्ने बिषयमा छलफल भएकाे छ। यसका अलावा स्थानीय तहमा नेपाली भाषा व्यवस्थित ढंगबाट कक्षा संचालन बारेमा जानकारी गराउन नेपाली भाषा अनुगमन विभाग गठन गरी बेलाबखत अनुगमन गर्नुपर्नेमा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई ध्यानाकर्षण गराएका छन् ।
नेपाली भाषाकाे पाठ्यक्रमकाे सवालमा उपमेयरले कक्षा चारसम्मका पाठ्यपुस्तक प्रकाशित भई कक्षा सरकारी विद्यालयमा अनिवार्य रूपमा अध्यापन भइरहेकाे जानकारी गराए ।