वीरगंज | आज मिति २०८१/०२/१३ गते आइतबार बिहान ०७:०० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं ०६ आदर्शनगरको अलखिया मठमा १७ औँ गणतन्त्र दिवस-२०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेक्वा. पर्साको संयुक्त आयोजनामा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको सहयोगमा अलखिया मठ सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय वीरगञ्ज पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल ज्युको उपस्थितिमा र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा सुरक्षा निकाय तथा विभिन्न निकायका पदाधिकारी, समाजसेवी, नागरिक समाज, साथै संचारकर्मीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
अलखिया मठको सरसफाई कार्यक्रम बिहान ०९:०० बजेको समयमा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि प्रजिअ दिनेश सागर भुषाल (जि.प्र.श.का. पर्सा), स.प्र.उ. राधेश्याम धिमाल (सशस्त्र प्रहरी बल पर्सा), प्रनाउ केशर न्यौपाने (जिप्रका पर्सा), सप्रनाउ देवेंद्र वहादुर सिंह (सशस्त्र प्रहरी बल पर्सा), प्रनि ज्ञानेन्द्र चन्द (जिप्रका पर्सा), सप्रनि जितेन्द्र कुमार साह (सशस्त्र प्रहरी बल पर्सा), उपाध्यक्ष संजय शर्मा (ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र), प्रभारी बिबेक राउत कुर्मी (ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर इन्चार्ज) लगायतका अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।
यस प्रकारका कार्यक्रमहरूले सामुदायिक सहभागिता र सरसफाईको महत्वलाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।