वीरगंज | नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ। सदस्यताको मुद्दामा, युनियनले नेपाल पत्रकार महासंघ सञ्चारग्राम तिलगंगा स्थित केन्द्रीय कार्यालयमा आज तालाबन्दी गरेको हो।
युनियनले छ विभिन्न माग सहित तालाबन्दी गरेको छ। उनीहरूले नेपाल पत्रकार महासंघको सदस्यता विधान अनुसार संगठन समिति र केन्द्रीय समिति मार्फत मात्र सार्वजनिक गर्नुपर्ने, स्वघोषित कार्यदलले तयार पारेको सूचनी खारेज गर्नुपर्ने, सदस्यता शुद्धिकरणका नाममा गरिएको मनपरी र बलजफ्ती बन्द गर्नुपर्ने माग गरेका छन्। त्यस्तै केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरूको कार्यमा कायम गर्न, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्न र विधान विपरितका गतिविधि बन्द गर्न माग गरेका छन्। महासंघका अध्यक्ष विपुल पोखरेलको कार्यालयमा तालाबन्दी गरिएको हो।
महासंघले जेठ २६ गते निर्वाचनको मिति तोकिसकेको छ, तर सदस्यताको मामिला अझै टुंगो छ। निर्वाचन भएपछि एक महिना अघि सदस्यताको नामावली प्रकाशन गर्नुपर्ने नियम छ, तर अझै सदस्यताको नामावली जारी नभएको छ।