वीरगन्ज | शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६८ औं जयन्ती, बिहीबार वीरगन्जमापनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप हरेक बर्ष जेष्ठ १० गते बुद्ध जयन्ति मनाउने गरिन्छ ।
भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, बिहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन् ।
यसैबिच वीरगन्जमापनि बिहीबार बुद्ध जयन्तिका अवसरमा बिहान झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो ।माईस्थान चोकबाट सुरु भएको शान्ति पदयात्रा नगरको परिक्रमा गर्दै वीरगन्ज–१५ भिस्वा डाँडास्थित भिस्वा बिहारमा पुगेर समापन भएको थियो । शान्ति पद यात्रामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतकोपनि सहभागीता थियो ।
शान्ति पदयात्रापछि भिस्वा बिहारमा भव्य पूजा आराधना गरि भक्तजनहरुलाई प्रसाद वितरणपनि गरिएको वीरगन्ज बौद्ध समितिका अध्यक्ष समेत रहेका प्राध्यापक डाक्टर दीपक शाक्यले जानकारी दिए । बिहीबारनै साँझ भिस्वा डाँडास्थित बौद्ध बिहारमा दीप प्रज्वलन गर्ने कार्यक्रमपनि रहेको उनले बताए ।