वीरगञ्ज । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहीबार र शुक्रवार देशका विभिन्न भू—भागमा वर्षातको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोसी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोसी, मधेस र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
शुक्रवार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।