• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज कृषि औजार कारखाना औजार र उपकरण उत्पादनका लागि भयोे तयार

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०८१, बुधबार १५:१३
  • १६९३

    वीरगंज | राष्ट्रिय अविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहे पनि कच्चा पदार्थ आयातमा समस्या देखिएको जनाएको छ । करिब एक दर्जन मेसिनबाट परीक्षण उत्पादन गरेसँगै केन्द्रले कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहेको जनाएको हो ।

    उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल उच्च हुँदा उत्पादन लागत बढ्ने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लिखित निवेदन दिएका छन् ।

    फलामजन्य उद्योगका लागि पाता, पाइप लगायतका कच्चा पदार्थ आवश्यक पर्दछ । यस्ता वस्तुको भन्सार महसुल १५ देखि ३० प्रतिशतसम्म छ । सरकारले केही कृषिजन्य औजारको भन्सार महसुल छुट गरेपनि कृषि औजार बनाउन आवश्यक कच्चा पदार्थमा भने चर्को भन्सार महसुल लगाएको छ ।

    ‘परीक्षण उत्पादनका लागि अहिले हामीले लोकल बजारबाटै कच्चा पदार्थ लिएका छौँ, तर अब व्यावसायिक उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट हुनुप¥यो भन्ने हाम्रो माग हो,’ राष्ट्रिय अविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखानामा खटाएका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले भने ।

    यसबारे आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको तर सरकारको तर्फबाट कुनै ठोस निर्णय नआएको सिनियर मेकानिकल इन्जिनियर देवको भनाइ छ ।

    वीरगन्ज कृषि औजार कारखानाले केराको थामबाट फाइबर निकाल्ने मेसिन, धान काट्ने मेसिन, आलु गोड्ने, आलु रोप्ने मेसिन, घाँस तथा पराल काट्ने मेसिन, खाल्टो खन्ने औजार, घाँस खुर्किने र ड्याङ्ग बनाउने मेसिन, बिउ रोप्ने मेसिन, आधुनिक कोदालोको परीक्षण उत्पादन गरिसकेको छ ।

    अर्का मेकानिकल इन्जिनियर अरुण साहले परीक्षण सफल भएका एक दर्जन मेसिन उत्पादन गरेर बजारमा पु¥याउन कारखाना तयारी अवस्थामा रहेको जनाए ।

    पछिल्लो समय कारखाना सञ्चालनका लागि ५ सय केभीको ट्रान्सफर्मर लाइन जडान भएर आन्तरिक विद्युतीकरणको काम सुरु भएको छ । ५ सय केभीको ट्रान्सफर्मर जडानका लागि नेपाल विद्युत प्राधिकरणले कारखानालाई २० लाख रुपैयाँ अनुदानस्वरुप दिएको छ भने १० लाख रुपैयाँ आविष्कार केन्द्रले लगानी गरेको छ ।

    मेकानिकल इन्जिनियर साहले कृषि औजार कारखानामा व्यावसायिक उत्पादनको लागि कच्चा पदार्थ आयातमा समस्या भएको बताए । ‘अहिलेसम्म हामीले लोकल बजार (वीरगञ्ज) बाटै पाता, फलामको सिटहरू ल्याएर काम गरिरहेका छौँ भने केही बेरिङ्ग काठमाडौँबाट मगाएका छौँ । तर भारतबाट आयात गरेका छैनौँ,’ इन्जिनियर साहले भने ।

    पहिला कृषि औजारमा केन्द्रित भए पनि अहिले आफूहरू कृषि मेसिनहरूको व्यावसायिक उत्पादनमा केन्द्रित रहेको उनको भनाइ छ ।

    कृषि औजार कारखाना सञ्चालनका लागि पछिल्लो समय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक प्रकाशन गरेर बिक्री गरेका छन् । हालसम्म ९० हजारभन्दा बढी पुस्तक बिक्री गरेर करिब ५ करोड रकम संकलन गरिसकेको जनाइएको छ ।

    २०५९ सालदेखि बन्द रहेको कृषि औजार कारखाना महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहलमा सञ्चालनमा आएको हो ।२०८० असोज ११ गते अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच भएको सम्झौतामा कारखाना सञ्चालनका लागि पहिलो चरणको मर्मतसम्भार र सञ्चालन खर्च सरकारले बेहोर्ने भनिए पनि सरकारले अनुदानमा कारखाना सञ्चालनमा खर्च नदिएपछि अविष्कार केन्द्रले पुस्तक बिक्री गरेको रकमबाट कारखाना सञ्चालनको तयारी गरेको हो ।

    तत्कालीन सरकार र सोभियत सङ्घ (रुस) सरकारको संयुक्त लगानीमा निर्माण भएको कारखाना २०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको थियो । बन्द भएको करिब ३ दशकपछि अविष्कार केन्द्रले कारखानाभित्र रहेका ६० वर्ष पुराना मेसिन मर्मतसम्भार गरेर गत वर्षदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

    राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनले मेसिनहरूको व्यावसायिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट नदिए उत्पादन लागत बढेर बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए । ‘चर्को भन्सार महसुल तिरेर कच्चा पदार्थ आयात गरेर सामान उत्पादन गर्दा लागत बढी पर्ने भएकाले प्रतिस्पर्धा गर्न सकिन्छ÷सकिँदैन भन्ने समस्या छ,’ पुनले भने । भन्सार महसुल छुट दिनुप¥यो भन्ने माग आफूहरूको मात्र नभएर अधिकांश फलामजन्य उद्योगको माग रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑