• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नदीजन्य पदार्थ मापदण्ड विपरित उत्खनन्मा रोक लगाइएको बाराका खोला अझै खुलेनन्

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०८१, बुधबार १५:०४
  • ८०९

    वीरगंज । मापदण्ड विपरित उत्खनन् गरेको भेटिएकोभन्दै जिल्ला समन्वय समिति बाराले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बारा जिल्लाका तीन वटा स्थानीय तहको खोला अझै संचालनमा आएको छैनन । अनुगमनका क्रममा समितिले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ तथा कोल्हबी नगरपालिका भित्रका खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको थियो ।

    समितिले जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा, बालगंगा, पसाहामा जेठ ३ गते, निजगढको बकैया, शक्तिखोला, भक्तलाल र कोल्हबीको क्षेत्रमा पर्ने बकैया (दक्षिण) खोलामा जेठ १ गते अनुगमन गर्दै नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाएको हो । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले मापदण्ड विपरित काम भएको ठहर गर्दै छानविन नहुँदासम्मका लागि उत्खनन्मा रोक लगाउने निर्णय गरेको थियो ।

    समितिको बैठकपछि जिल्ला समन्वय समितिले सम्बन्धित पालिकालाई पत्राचार गरेर नदीजन्य पदार्थ उत्खनन् कार्य तत्काल रोक्न निर्देशन दिएको थियो । सो निर्देशनपछि सम्बन्धित पालिकाले ठेकेदार कम्पनीलाई पत्राचार गर्दै उत्खनन् कार्य तत्कालका लागि रोक्न सूचित गराएका थिए ।

    पालिकाको पत्राचारपछि हालसम्म तीन वटा पालिकाको सबै खोलामा उत्खनन् बन्द छ ।अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको नेतृत्वमा सहसंयोजक एवम् प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरे, प्रहरी उपरीक्षक महेन्द्र खड्का, डिभिजन वन कार्यालयका प्रतिनिधिसहितको टोलीले खोलाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही खोलामा वातावरणीय मुल्यांकन प्रतिदेवन (आईई) र ढुंगा, गिट्टी, बालुवा विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८ विपरित उत्खनन् भएको निष्कर्ष समितिले निकालेको थियो ।

    अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले उत्खनन्को जिम्मेवारी पाएका ठेकेदार कम्पनीले मापदण्डको ख्याल नगरेको र मनोमानी ढंगले उत्खनन् गरेको अवस्था देखिएको बताउनुभएको थियो । उहाँले हालसम्म भएका उत्खनन्को अवस्थालाई यथावत राखेर प्राविधिक टोलीको छानविनपछि अगाडी बढ्ने बताउँदै उत्खनन् तत्कालका लागि रोक्न निर्देशन दिनुभएको थियो ।

    सोही अनुरुप बसेको जिल्ला स्तरीय समितिको बैठकले सम्बन्धित पालिकाबाट उत्खनन्को परिमाण माग गर्ने र पूर्वाधार विकास कार्यालयका इन्जिनियरको संयोजकत्वमा सम्बन्धित पालिकाको इन्जिनियर, डिभिजन वन कार्यालयका प्रतिनिधि र जिल्ला समन्वय समितिका प्रतिनिधि सदस्य रहने गरी प्राविधिक टोली गठन गर्ने निर्णय गरेको थियो ।

    जीतपुरसिमराको हकमा जेठ ३ गते प्राविधिक टोली गठन गरी तीन दिन भित्र उत्खनन्को परिमाण, सम्झौता शर्त र मापदण्ड पालनाको अवस्थासहितको प्रतिवेदन बुझाउन भनिएको थियो । तर मंगलबारसम्म प्राविधिक टोलीको प्रतिवेदन सार्वजनिक भएको छैन । प्रमुख जिल्ला अधिकारी घिमिरले प्राविधिक टोलीको प्रतिवेदन आउने क्रममा रहेको बताउनुभयो । प्राविधिक टोलीले प्रतिवेदन बुझाउने र सो प्रतिवेदन अध्ययनपछि मात्रै खोलाको सन्दर्भमा निर्णय लिने घिमिरेको भनाई छ ।

    अनुगमनका क्रममा केही ठेकेदार कम्पनीले मापदण्डको धज्जी उडाउने गरी उत्खनन् गरेको भेटिएपछि गम्भीर छानविन हुनुपर्ने अवस्था रहेको समितिका एक सदस्यले बताएका छन् । समितिका ती सदस्यका अनुसार मापदण्डको ख्यालनै नगरी नदीजन्य पदार्थ उत्खनन् गरेको भेटिएको छ ।जीतपुरसिमराको बालगंगा खोलाको ठेक्का पाएको जय मातादी कन्स्ट्रक्सनले झण्डै १० फिट गहिराईसम्म खाडल बनाएको र अनुमति भन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको छ ।

    आईई प्रतिवेदनअनुसार निर्धारित स्थानमा बढीमा तीन फिटसम्म गहिराईमा उत्खनन् गर्न पाइने भएपनि बालगंगा खोलामा मापदण्डको धज्जी उडाउने गरी उत्खनन् भएको हो । उता कोल्हबी नगरपालिकाको क्षेत्रमा पर्ने बकैया खोलामा ६ वटासम्म एक्साभेटर एकैपटक प्रयोग भएको पाइएको छ ।

    खोलामा एकपटकमा एउटा भन्दा बढी एक्साभेटर प्रयोग गर्न पाइदैन । ठेक्का सम्झौता गर्ने क्रममा ठेकेदार कम्पनीलाई दुई वटा एक्साभेटको अनुमति दिने गरिएको छ । अनुमति पाएको दुई वटा एक्साभेटरमध्ये एकपटकमा एउटा मात्रै प्रयोग गर्न सकिने प्रावधान छ । तर कोल्हबीमा एकैपटक ६ वटासम्म एक्साभेटर प्रयोग गरको पाइएको हो ।

    अनुगमनका क्रममा मापदण्ड विपरित उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्ने भएपनि विगतका नजिर हेर्दा उन्मुक्ति पाईरहेका छन् । मापदण्ड विपरित उत्खनन् गरेका ठेकेदार कम्पनीले नै प्रत्येक वर्ष पालिकाबाट ठेक्का सकार गरेको देखिन्छ । सरकारी मापदण्डविपरित खोला उत्खनन् गरेको पुष्टि भएपनि ती कम्पनीलाई कालो सूचिमा राखेको देखिदैन ।

    उत्खनन् गर्ने अवधी एक महिना बाँकी रहँदा समितिले अनुगमन गरेको हो । ठेकेदार कम्पनीले जेठ मसान्तसम्म मात्रै उत्खनन् गर्न पाउछन् । समयभित्रै उत्खनन् गरी नदि किनारमा घाटगद्दी गरेर राखिएका नदीजन्य पदार्थ समेत प्रमाणित गराएर विक्री वितरण गर्न पाउने प्रावधान छ ।

    यता ठेक्का अवधि समाप्त हुन एक महिना बाँकी रहँदा सबै खोला बन्द गरिएपछि करोडौ रकममा ठेक्का लिएका ठेकेदार आफूहरु समस्या परेको बताउँछन् । दुधौरा खोलाको ठेक्का पाएको सन्देश सप्लायर्सका संचालक नारायण घिमिरेले मापदण्ड विपरित उत्खनन् भएको पाइएमा छानविन गरी कारबाही गर्न र मापदण्ड अनुसार उत्खनन् भएका खोलालाई छिटो संचालनमा ल्याउनुपर्ने बताउनुभयो ।

    स्थानीय स्तरमा हुने विकास निर्माणका काममा यतिबेला नदीजन्य पदार्थको माग बढिरहेपनि बिक्री वितरण गर्न नपाइएको र करोडौं रकम लगानी गरेर ठेक्का लिएका आफूजस्ता ठेकेदार मर्कामा परेको उहाँको भनाई छ । जीतपुरसिमराको तीन वटा खोलामध्ये घिमिरेले दुधौरा खोलाको ठेक्का लिनुभएको थियो । दुधौरा खोलामा हालसम्म उत्खनन् भएको विवरण नबुझाएको भन्दै रोक लगाइएको छ ।

    तर ठेकेदार घिमिरेले भने आफूहरुले सम्बन्धित पालिकालाई उत्खनन् भएको विवरण बुझाएको तर पालिकाले समयमै जिल्ला समन्वय समितिमा नपठाएका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।घिमिरेको सन्देश सप्लायर्सले दुई करोड २४ लाख रकम अग्रिम बुझाएर दुधौरा खोलाको ठेक्का सम्झौता गरेको थियो ।

    १० प्रतिशत छुट पाइने हुँदा अग्रिम रकम बुझाएको तर अहिले काम गर्ने वातावरण नभएको घिमिरेको भनाई छ । चालु आर्थिक वर्षमा जीतपुरसिमराले तीन वटा खोला १० करोड ५६ लाख, निजगढ नगरपालिकाले आठ करोड २८ लाख र कोल्हवी नगरपालिकाले दुई करोड ९१ लाखमा ठेक्का लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑