एजेन्सी । कतिपय मानिसलाई लाग्न सक्छ रगत किन रातो हुन्छ ? हाम्रो रगतको रंग निलो, हरियो वा पहेंलो किन हुँदैन ?
हाम्रो शरीरमा हुने रगतमा हेमोग्लोबिन हुन्छ । यो तत्वको रंग रातो हुने गर्छ जसले गर्दा रगत रातो हुन्छ । हेमोग्लोबिन एउटा प्रोटिन हो जो शरीरका लागि अत्यावश्यक हुन्छ ।
यो रगतको माध्यमबाट कोशिकाहरुलाई अक्सीजन पु¥याउँछ ।
शरीरलाई काम गर्नका लागि अक्सीजनको आवश्यकता पर्दछ । कोशिकाहरुमा ऊर्जा बनाउनका लागि अक्सीजनको सहारा लिने गर्छ । रगत जाँच गर्ने क्रममा हेमोग्लोबिनको मात्रा पत्ता लगाउने गरिन्छ ।