वीरगञ्जमा। आफ्नै पार्टीको गृहमन्त्री भएपनि आफ्नो शहरमा आफ्नै गृहमन्त्रीको पुत्रलाई दहन हेरेर बस्नु पर्ने अवस्था आएको रासपाका कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई गुनासो गरेका छन्। सता बाहिर रहदा गृहमन्त्री रवि लामिछानेले जनतालाई असन्तुष्ट पारेपछि अहिले जनता र पार्टीकै कार्यकर्ताहरूलाई रुष्ट बनाएको गुनासो गरेका थिए। वीरगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई वीरगञ्जका मेयर राजेशमान सिंहले गरेको किर्ते काण्ड, सुनकाण्ड, सरनार्थी प्रकरण लगायतमा एकसम्म जानुपर्ने अवस्था आएकोमा गृहमन्त्री चुकेकाे गुनासो गरेका थिए। रा.स्व.पाले ईलाम जिल्लामा भएको उपनिर्वाचनमा पार्टीले शर्मनाक हार भएपछि देशभर आफ्ना समर्थक र कार्यकर्ताको अवस्था र पार्टीको वस्तुस्थिति बुझ्न टोली खटाएको छ अनुरूप पर्सा जिल्लामा पार्टी महामन्त्री मुकुल ढकाल सोमबार वीरगञ्ज आएका थिए।
मंगलबार आदर्शनगरस्थित होटल कन्ट्री इनमा आयोजित भेलामा सहभागीहरूले कडा रोष प्रकट गरेका थिए। आफै सरकारमा नहुँदा वीरगञ्जका मेयर राजेशमान सिंहले अरूको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज खडा गरी नागरिकता दिलाएको बारेमा सदनमा आवाज उठाउने रवि लामिछाने आफू उपप्रधान र गृहमन्त्री भएपछि किन कारवाही नगरेको, यसमा कुनै लेनदेन भएको कुरा बजारमा आएकोले यश बारे स्पष्ट पार्न आग्रह गरेका थिए।
हाम्रो सम्पर्कमा भाग लिने शर्तमा गृहमन्त्रीको बोली र व्यवहारले जनतामा असन्तुष्टि उत्पन्न गरेको भन्दै पार्टी सरकारमा नहुँदा बरू स्थानीय प्रशासन र प्रहरीले नेताहरूलाई बोलाएर राय सुझाव लिने गरिएको थियो, तर जुन बेला देखि दोस्रो पटक उपप्रधान र गृहमन्त्री भएपछि डाक्न समेत छोडिएको थियो भन्ने समेत उठेको छ। सो अवसरमा शिक्षा मन्त्री सुमना श्रेष्ठको सहभागी नेता र कार्यकर्ताहरूले खुलेर प्रशंसा गरेका थिए। सो भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेशका सदस्य हरि पन्त, पर्सा जिल्लाको संयोजक दिलीप कुर्मी, उपसंयोजक तुलसा पौडेल अधिकारी, नेता मुर्ली जलान, महादेव कर्मी लगायत अन्य नेता र कार्यकर्ताहरूको उपस्थिति थियो।