• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न, छिटै प्रदर्शन मिती तोक्ने तयारी

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार १६:२५
  • ११८५

    वीरगञ्ज । वीरगञ्ज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो ।

    पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले वीरगञ्जको अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए । बदलिएको वीरगञ्ज र राजनीतिसँगै प्रेम, द्वन्द्व लगायतका सबै रसलाई चलचित्रमा समावेश गरिएको कुर्मीको भनाई छ । यसअघि भारतमा बनेका चलचित्र नेपालमा चल्ने गरेकोमा ‘मेयर सिंह’ चलचित्र भारतमा पनि प्रदर्शन गरिने कुर्मीले जानकारी दिए । मेयर सिंह चलचित्र भारतीय फिल्मको तुलनामा कम नरहेको दाबी पनि उनले गरे ।

    यहाँकै स्थानीय कलाकारले स्थानीय भाषा तथा संस्कृतिको संरक्षणका लागि बनाएको चलचित्रको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सह्राना गरे । चलचित्रले वीरगञ्जको बास्तविकतालाई उतार्दै यहाँको विकासका बाधक तथा चुनौती एवम् समस्याहरुलाई केलाउन सघाउ पुग्ने अध्यक्ष तिवारीको विश्वास छ । कला, साहित्य, संगीत एवम् चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेष्ण गर्न पनि अध्यक्ष तिवारीले पत्रकारहरुलाई अनुरोध गरेका छन् ।

    पत्रकार सम्मेलनकै क्रममा चलचित्र ‘मेयर सिंह’ को ट्रेलर पनि प्रदर्शन गरिएको थियो । ट्रेलरमा वीरगञ्ज महानगरपालिकाका गतिविधिलाई समावेश गरिएको देख्न सकिन्छ । वीरगञ्जमा सरसफाईमा आएको कायापलटको चर्चा पनि ट्रेलरमा देखाइएको छ ।

    सुनिल तिवारीले लेखेको ‘मेयर सिंह’ को पटकथालाई सुबास देवकोटाले निर्देशन गरेका छन् । चलचित्रमा जितु जितेन्द्र, अजय पटेल, शिव प्रसाद कुर्मी, प्रिति आर्य, श्रेया दुलाल मुखलाल प्रसाद, रवी कुमार साह, प्रितम कलवार लगायतले अभिनय गरेका छन् ।

    वीरगञ्जसहित बारा, पर्सा एवम् मकवानपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । पटकथा लेखक सुनिल तिवारीले नै सहायक निर्देशन गरेको चलचित्रलाई मेहफुज अन्सारीले छायाङ्कन गरेका हुन् । अजमत अली अन्सारी र सन्तोष पुरीको शब्द, संगीत एवम् गायन रहेको छ ।

    शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रको भिएफएक्स दिनेश ढकालले गरेका छन् । यही साताभित्र चलचित्रको ट्रेलर ‘ईगो रेकर्डस भोजपुरी’ युट्युब च्यानलमार्फत सार्बजनिक गर्ने तयारी रहेको चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिए । उनकाअनुसार हलबाट अनुमति पाउने बित्तिकै एक महिना भित्रैमा चलचित्रको प्रदर्शन मिती पनि सार्बजनिक गरिनेछ ।

    चलचित्र पत्रकार संघकी अध्यक्ष निलिमा पौडेलले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे मगर, बानका मधेश प्रदेश अध्यक्ष आशिक अन्सारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु सुमन पत्रकार एवम् चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑